सुरुङमा फसेका कामदार मुक्त गर्न नयाँ सुरुङ बनाउने विचारमा भारत

भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ…