बेइजिङमा व्यापक हिमपातले सडक यातायात प्रभावित

आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङ (चीन)मा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमबार बिहान ८ बजेसम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमवर्षा भएको छ । बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०।२ मिलिमिटरसम्म हिउ जमेको छ । शहरको मौसम केन्द्रले सोमबार…