आगामी ६ वर्षका लागि भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित

८७ प्रतिशत मतसहित अर्को कार्यकालका लागि पुटिन अनुमोदित भएको रूसी सञ्चारमाध्यमको सम्प्रेषण रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको ६ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् । कथित तवरमा प्रायजसो विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले आरोप…