बर्षासँगै उच्च हिमाली भेगमा हिमपात (तस्बिरसहित)

बर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमपातका कारण चिसो पनि बढेको छ । मनाङ, मुस्ताङ, रसुवा, गोरखा, दोलखा, हुम्ला, जुम्ला, ताप्लेजुङ, मुगु लगायतका जिल्लाहरुमा हिमपात भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । हिमपातका कारण मनाङका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।…