कालजयी गायक दीप श्रेष्ठको सम्मानमा ‘मिस्टिक माउण्टेन’मा शनिबार ‘सांगीतिक साँझ’

चर्चित र वरिष्ठ गायक दीप श्रेष्ठ भोलि माघ २० गते शनिबार राजधानीदेखि २६ किलोमिटर पर नगरकोटमा गएर साँझ गाउने छन…‘म त दुरदेखि आँए, तिम्रो नाम बोकेर, सम्वोधन गर्दा गर्दै गई गयो छोडेर..’ अनि गाउने छन..‘कति कमजोर रहेछ मेरो भाग्य, तिम्रो सिंउँदो कोर्न सकिन’ ..त्यसैगरि ‘हर रात सपनीमा ऐंठन हुन्छ, गाउँमा शायद पहिरो गयो कि ?’…