राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । गत मङ्गलबार प्रमाणपत्र प्रस्तुत गरिएको अवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुभएको जेनेभास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल एवम् प्रधानमन्त्री…