‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’ : चलचित्रकर्मी थापा

भेषराज कार्की, काठमाडौं तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित हुनुहुन्छ । उहाँले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा हुनुहुन्छ । विसं २०६२/६३ को जनआन्दोलनमा चलचित्रकर्मीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका थापाले त्यसपछि नेपाल सांस्कृतिक सङ्घको स्थापना गर्नुभयो । पछिल्लो…