मोफसलतर्फ प्रस्थान गर्नुको पीडा भोग्दै डा. थापा

न्युरो सर्जनका रूपमा ख्याति कमाएका डा. बालकृष्ण थापासँग पङ्क्तिकारको पहिलो भेट तथा चिनजान करिब ३४ वर्षअघि पार्टीविशेषको साङ्गठनिक क्रियाकलापका दौरान कुशादेवीमा भएको हो । वामपन्थी पृष्ठभूमिको विद्यार्थी राजनीतिक क्रियाकलापको सिलसिलामा भएको उक्त भेट यति लामो अवधिसम्म ताजा र झन्–झन् गाढा होला भन्ने कुनै अनुमान गरिएको थिएन । पङ्क्तिकारको राजनीतिक आस्थामा समयसापेक्ष रूपमा आएको परिवर्तन र…