एक लाहुरेको लाहुरपछिको पौरखी कथा

सेप्टेम्बर महिनाको शुरुवातबाट बेलायतमा शरद ऋृतुको आगमन भएको छ जसले अनायासै चिसो स्याँठ पनि भित्र्याएको छ । रात लम्बिएकोले विहानको चार बजे पनि मध्य रातजस्तो लाग्न थालेको छ । फेल्थामको बेडफोन्ट लेनमा फाट्टफुट्ट केही गाडीहरु चल्न थालिसकेका हुन्छन् । आउँदो अक्टोबरमा ६३ वर्ष लाग्दै गरेका विष्णु गुरुङ आफ्नो नेपाली मान्यताअनुसार बुढ्यौलिएको शरीरलाई न्यानो लुगामा थामथुम…