प्रधानमन्त्री देउवाद्वारा बेलायती नेता सुनकलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकोमा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले सुनकलाई महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन नेता सुनकसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् । बेलायतका प्रधानमन्त्री लिज…