२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार

२५ केजी गाँजासहित बाराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका-१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको हुन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।…