कोसीमा गरिएको किशोरको हत्याबारे अनुसन्धान सुरु

सुनसरीको कोसी गाउँपालिका-२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी-२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार किशोरको शव बुधबार बिहान गाउँनजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो…