गोरखा नगरपालिका-१ मा कांग्रेसका कुँवर, दाङको राप्ती-९ मा माओवादीका मगर विजयी

गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ…