कीर्तिपुरमा दिउँसै सडकमा कुटपिट गरी हत्या

चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका-८ रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् । सोही नगरपालिका-३ ढल्पास्थित सडकमा…