ग्याँस बुलेटको ठक्करबाट हेटौँडामा दुई जनाको मृत्यु

हेटौँडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा-९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ बारा तर्फबाट हेटौँडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर…