मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् । विजयी भएका गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । २०७० मा संविधानसभा सदस्य…