आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : १ करोड ७९ लाख मतदाता, २२ हजार २२७ मतदान केन्द्र

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन…