बनाउँदै गरेको बम विष्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

नेपालगञ्ज उपमहानगरपालिका-१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँके प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो ।…