विस्तार भए सडक, हराए यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी

पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी मासिएका छन् । नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्राय: चौतारा र यात्रु प्रतिक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रूपमा समेत चौतारी नहँुदा…