तपाईंको यो साता

तपाईंको यो साता


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

 

 

मेष
शुभकार्यको चर्चा चल्नेछ । राजनीतिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । भौतिक साधन जुटाउने समय छ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ खैरो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । साताको अन्त्यमा चोटपटकको भय तथा पेटको समस्या रहनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
विद्या, बुद्धि र वंशको वृद्धि हुनुका साथै घर–परिवारमा मंगलकार्यको योग बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट
आफ्नो अधिकार प्रातिका लागि सङ्घर्ष गर्नुपर्ला । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नेछ । साताको रविबारबाट घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । समाजमा इज्जत तथा प्रतिष्ठा बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सेतो वा नीलो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको ध्यान गरी यात्रा आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

सिंह
पारिवारिक मनमुटाव कम भई दाम्पत्य सुखमा रमाउने समय आएको छ । टाढिएका मित्रसँग नजिकिने समय छ । शैक्षिक क्षेत्रबाट मनोवाञ्छित सफलता पाइनेछ । रविबारबाट प्रेम र मित्रताको बन्धन कसिनेछ । सहकर्मीबाट भरपूर साथ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या
नयाँ कार्यको थालनी तथा जागिरमा पदोन्नतिको सम्भावना प्रबल रहेको छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । राजनीतिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । साताको अन्त्यमा प्रेममा मनमुटावका साथै मन कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।

तुला
आफन्तको प्रगतिमा मन रमाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मुद्दा–मामिलामा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि महादेवको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक
महत्वपूर्ण कार्यमा व्यवधान आउनेछ । मनमा चञ्चलता बढ्नेछ । धनमाल हराउने योग भएकाले सजग रहनुहोला । साताको अन्त्यबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ सुन्तला रङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।

धनु
अरूको भरपर्दा धोकामा परिने हानि हुने र विश्वास गुम्नेछ । आफ्नो महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । चोटपटकको भय रहनेछ । शनिबारबाट मित्र वा आफन्तबाट भरपूर सहयोग मिल्नेछ । व्यापार–व्यवसायबाट चामत्कारिक लाभ मिल्नेछ । विद्यार्थीलाई भने विशेष सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मकर
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । नोकरी गर्नेहरूलाई ख्याति एवम् प्रशंसा कमाउने योग छ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पत्रकारिता एवम् राजनीतिक क्षेत्रका शिक्षार्थीलाई उच्च सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ नीलो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मीन
अरूको भलाइका लागि दौडधुप गर्नुपर्नेछ । सवारीसाधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यबाट धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।