यी डाक्टरको उपचार-विधि होसै उडाउने !

यी डाक्टरको उपचार-विधि होसै उडाउने !


डाक्टरले बिरामीको उपचार गर्ने तरिका सामान्यतया विश्वव्यापी रूपमा एकैप्रकारको हुन्छ । उपचारका विभिन्न तरिका या थेरापीजस्ता उपाय अपनाएर बिरामीलाई स्वस्थ तुल्याउने प्रयास हरेक चिकित्सकले गर्छन् । हरेक चिकित्सकको कोसिस यसैमा हुन्छ कि सक्दो सही ढङ्गले उपचार गर्ने र छिटोभन्दा छिटो बिरामी ठीक पार्ने । तर, संसारमा एक यस्ती डाक्टर पनि छिन् जसको उपचार गर्ने विधि वा तरिका सुन्दा आश्चर्यले कतिपयको होस उड्न सक्छ ।

के होला त त्यस्तो आश्चर्यपूर्ण उपचार–विधि ? जिज्ञासा जाग्नु स्वाभाविक छ । यी अस्ट्रेलियन महिला चिकित्सकको नाम एलिजाबेथ हो । आफ्ना बिरामीको उपचार गर्ने एलिजाबेथको तरिका बिलकुल फरक छ । उनी यस्ता पुरुष बिरामीको मात्र उपचार गर्छिन् जसले शारीरिक सम्बन्ध कायम गर्ने शक्ति या क्षमता गुमाएको हुन्छ । यौन–सामर्थ्य फिर्ता दिलाइदिन भन्दै आफूकहाँ आउने बिरामीसँग एलिजाबेथ आफैँ सेक्स कार्यमा संलग्न हुन्छिन् । उपचारमा महारथ हासिल उनीसँग पुरुषको गुमेको क्षमता फिर्ता ल्याउने यस्तो अद्भूत कला छ कि उनीसँगको सेक्स–सम्बन्धपछि बिरामी तन्दुरुस्त हुन पुग्छ । यस्तो दुर्लभ उपचारको निम्ति एलिजाबेथ बिरामीबाट महँगो शुल्क असुल्छिन् । उनका बिरामी पनि खुसीसाथ शुल्क बुझाउँछन् ।

एलिजाबेथको यो उपचार–विधिले सोसल मिडियामा निकै चर्चा पाएको छ भने कैयनले यसलाई बहसको विषयसमेत बनाएका छन् । कसैले यसलाई ठट्टा मानेका छन् त कसैले लज्जास्पद भनेका छन् । तर, धेरैले यो एक उत्कृष्ट सेवा भन्दै प्रशंसा पनि गरेका छन् ।