प्रमपत्नीको कारण महानगरमा भ्रष्टाचार चरमचुलीमा

प्रमपत्नीको कारण महानगरमा भ्रष्टाचार चरमचुलीमा


pathakmanchकाठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले प्रचलित ऐन, कानुनविपरीत काठमाडौं महानगरपालिकाको काठमाडौं टावर बनाउने कामको टेन्डर गरी रित पु¥याएको नाटक गरेर अनियमित तरिकाले काठमाडौं महानगरपालिकासँग सर्वोच्चमा मुद्दा भएको ठेकेदारलाई दिन लागेको छ । यसका लागि प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनले काम गरेको छ । भ्रष्टाचार र अनियमितता रोक्न आफैं लाग्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तोे मिलेमतोमा हुन लागेको धाँधली, अनियमितता, हिनामिना र भ्रष्टाचार भइरहेकाबारे उजुरी पर्दा पनि कारबाही प्रक्रिया किन अघि नबढाएको हो, बुझिनसक्नु भएको छ । हामी महानगरपालिकाका कर्मचारी फेरि पनि एकपटक यस ठूलो धाँधलीको पर्दाफास गरेर मुलुक र जनतालाई गुन लगाउन आग्रह गर्दछौँ । किनकि,
१. टेन्डर पारेको भनिएको ठेकेदारले पेस गरेका कामै नगरी काम गरेको भनी काम गरेका अनुभवका रूपमा किर्ते अनुभव पेस गरेको,
२. बैंकका कागजहरू किर्ते पेस गरेको,
३. पेस गरेका कागजहरू अधिकांश किर्ते भएको र कम्पनीको छाप अनि सही नभएको,
४. हिसिला यमीको ‘आफ्नो ठेकेदार’का नपुगेका कागजहरू पछि मिलेमतोमा हाल्न लगाएको,
५. यमीको आफ्नो ठेकेदारको धेरैजसो कागजमा हस्ताक्षर नै नभए पनि दबाब दिएर मुल्याङ्कन गरे–गराएको ।
ठेकेदारले दिएको किर्ते कागजलाई सत्य र आधार मानी प्रचलित ऐन, कानुन र
टेन्डरमा भएको मूल्याङ्कनका आधारसमेतलाई बेवास्ता गरी बाहिर ठेकेदारसँग बसी ठेकेदारलाई मिल्ने गरी मूल्याङ्कनका आधार र कागज बनाएर हामी कर्मचारीहरूलाई दबाब दिई मूल्याङ्कन गराएकाले यसको तत्काल रोकी छानबिन गर्न अनुरोध गर्दछौँ । यसको साथै कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिलाको चाकडी गरी काठमाडौं महानगरपालिकामा टिक्न यमीको ठाडो निर्देशनमा स्थानीय स्वायत्त शासन ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गरी चारजना मासिक २५ हजार खाने गरी कर्मचारी भर्ना गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले यस्तै लापरबाही गरे अख्तियार आयोगका घुस्याहा कर्मचारी नै भविष्यमा कारबाहीमा पर्नेछन् । किनकि, समय बलवान् हुन्छ । सानो विषयमा फायल थुत्न आउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका घुस्याहा कर्मचारी यत्रो ठूलो अनियमितता, हिनामिना र भ्रष्टाचारको सामान्य जानकारी किन नमागी बसेको छ यो रहस्यमय छ । प्रधानमन्त्री बाबुराम भट्टराई सधैँ रहिरहने होइनन्, भट्टराईकी पत्नी यमी पनि सधैं रहिरहने छैनन् । यो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चक्रब्युह नजानेका सचिव गणेश जोशीले बुझ्न जरुरी छ । किनभने दलालहरूमार्फत उजुर हाल्न लगाएर पैसाको बार्गेनिङ गर्ने र पैसा कमाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले सचिव गणेश जोशीलाई सजिलै तह लगाउन सक्छन् जसरी भगवती काफ्लेले गरेका थिए ।
– काठमाडौं महानगरपालिकाका कर्मचारीहरू