पुनरावेदन अदालतमा नियुक्ति र ‘पुनर्जन्म’

पुनरावेदन अदालतमा नियुक्ति र ‘पुनर्जन्म’


– गोपाल पराजुली

जीवन र जगतका बारेमा केही न केही लेख्ने जान्ने बुझ्ने उत्सुकता सबैमा हुन्छ नै । भनिन्छ, जिजीविषा (बाँच्ने इच्छा) र विजिगीषा (विजयको चाहना) सबैमा हुन्छ । मैले बुझेको जीवनको हरेक परिवेश संयोगिक छ । जन्म–मृत्यु कर्म फल प्राप्ति, समाप्ति, पारिवारिक परिवेश, सामाजिक अवस्था जश–अपजश सबै विषयहरू एउटा संयोग नै हुन् । जीवनको उत्पत्ति उसका व्यवहारसँग जोडिएका हरेक घटना–परिघटना र विचारहरू पनि संयोगकै उपज हुन् ।

म २०१०/०१/१६ गते मंगलवार पूर्णीमाका दिन जन्मिएको भन्ने मेरो चिन्हा–टिप्पणीलाई आधार मानेर जसरी बाल्यावस्था, युवावस्था र प्रौढावस्थालाई पार गर्दै जुन परिवेशमा राष्ट्रको उच्च पदमा आसिन हुन पुगेँ, सबै परिवेश एउटा संयोगबाटै बनेका हुन् भन्ने ठहर गरेको छु । यही ठहरको आधारमा ‘संयोगका पानाहरू’ नामक आफ्नो आत्मवृतान्तसँग सम्बन्धित पुस्तक प्रकाशित गर्ने विचार गरेको छु । त्यसमा लेखन प्रारम्भ कहिले गर्ने भन्ने सोचिरहेको थिएँ । आज ६५औँ वसन्त पुरा भएकै दिनबाट प्रारम्भ गर्दै पाठक तथा सबै शुभचिन्तकहरूमा जन्मदिनको अवसर पारेर केही प्रसङ्ग पस्कने कोसिस गरेको छु ।

०४८ साल कार्तिक १८ गते राती ९ बजेको समयमा पुनरावेदन अदालतका न्यायाधीशहरूको नियुक्ति भनेर रेडियो नेपालबाट समाचार प्रशारण भयो । समाचारमा नियुक्त भएका न्यायाधीशहरूमा कानून व्यवसायीहरूमध्येबाट यमनारायण धिताल, धिरेन्द्र विष्ट, भानु अर्याल, विजय गुप्ता, थानेश्वर भट्ट, मोहन सिटौला, अवधेश कुमार यादव, गिरिशचन्द्र लाल, विश्वनाथ जोशी, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र दीपकराज जोशीको नाम प्रशारित भयो । म असमञ्जमा परेँ । त्यो नाम मेरो हो कि मेरै नामसँग मिल्ने अरु कोही हो भन्ने भयो । कौतुहुलता मेटाउन सोधखोज गर्दै जाँदा राती १०ः३० बजेतिर त्यो नाम मेरै हो भन्ने यकीन भयो । तत्कालिन कानूनमन्त्री तारानाथ रानाभाटबाट टेलिफोनमा बधाई पाएपछि म पुनरावेदन अदालत पाटनमा नियुक्त भएको रहेछु भन्ने कुरा निश्चित भयो । कानून व्यवसायीबाट हामी १२ जना र निजामति सेवाबाट अन्य २ जना चन्द्रबहादुर कार्की र सामन्तसिँह बोगटी समेत गरी त्यो बेला १४ जना अतिरिक्त न्यायाधीशको नियुक्ति भएको थियो ।

म कानून व्यवसायीको रूपमा मोफसलमा रही वकालत गरेका कारण काठमाडौंका अधिकांश कानून व्यवसायीभन्दा भिन्न र केही जुनियर पनि थिएँ । त्यसै विषयलाई लिएर त्यतिबेलाका कतिपय पत्रपत्रिकामा मेरा बारेमा केही टिकाटिप्पणी पनि भए । यद्यपि काम गर्दै जाँदा मलाई अधिकांश कानून व्यवसायीहरूले पुनरावेदन अदालत पाटनमा अलि जान्ने र मुद्दा बुझ्ने न्यायाधीशका रुपमा चिन्न थालेको सूचना पनि पाएँ ।

त्यतिबेला मलाई करिब २५० नजीर कण्ठस्थै थियो । नजीरहरूसँग सम्बद्ध मुद्दाहरूमा नजीर सिद्धान्त उद्धृत गर्दै फैसला लेख्न थालेँ । त्यतिबेला पुनरावेदन अदालत पाटनमा मूख्य न्यायाधीश इन्द्रराज पाण्डे हुनुहुन्थ्यो । मभन्दा करिब २० वर्ष जेठा उहाँ अत्यन्तै निष्ठावान, शालीन र नम्र व्यक्ति हुनुहुन्थ्यो । उहाँबाट मैले प्राप्त गरेको ज्ञान र शिक्षा जीवन उपयोगी छ ।

एकदिन म उहाँको निवासमा पुगेँ । सानो एकतले घर । साना कोठाहरू । त्यो घर न्यायाधीशको निवासलायक नदेखेपछि आफ्नो उपयुक्त घर नहुने न्यायाधीशका लागि सरकारले घरभाडा ब्यहोरिदिने कानूनअनुसार घर भाडामा लिएर उपयुक्त घरमा बसे पनि हुने थियो भन्ने खालको मेरो आग्रहमा उहाँले ‘म आफ्नो श्रीमतीसँग बन्डापास गरेर घरभाडा खाने व्यक्ति होइन’ भनी जवाफ दिनुभयो । त्यो कुरा तत्कालीन प्रधानन्यायाधीशतर्फ इङ्गित थियो कि भन्ने मैले अड्कल काटेँ ।

त्यो दिन हाम्रो बेन्चमा जिल्ला अदालत र अञ्चल अदालतबाट भएको फैसलाउपर क्षेत्रीय अदालतबाट अनुमति भएर आएको वकसपत्र बदरसम्बन्धी एउटा अलि क्लीष्ट मुद्दा थियो । बकसपत्र बदर नहुने गरी भएको पहिलेको फैसला उल्टी हुनेगरी फैसला भयो । फैसला लेखनको प्रारम्भिक ज्ञान दिन न्यायाधीश रामप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । फैसलाको केही अंश लेखेर सुनाउने प्रयत्न गरेँ । मेरो लेखाई अलिक साहित्यिक शैलीको भएछ । उहाँले यो त निबन्ध जस्तो भयो, फैसला अलि ठोस भाषामा लेख्नुपर्छ भनी सुझाव दिनुभयो ।

त्यसबखत पुनरावेदन अदालत पाटनमा महेश प्रधान, कृष्णप्रसाद उपाध्याय, रामप्रसाद श्रेष्ठ, ज्ञानेन्द्रबहादुर श्रेष्ठ, गोविन्द पराजुली, चन्द्रबहादुर कार्की, मोहन सिटौला, विश्वनाथ जोशी, रणबहादुर बम, बैद्यनाथ उपाध्यायलगायतका ११ जना न्यायाधीश थियौँ । करिब ७ हजार मुद्दा चालु हालतमा थियो । हाम्रो टिमले ३८ सय थान मुद्दा फैसला गरेको भनेर त्यतिबेला एउटा रेकर्ड नै बनेको थियो ।

२०४८ कात्तिक २३ गते न्यायाधीशका रुपमा मेरो पहिलो इजलाश थियो । माननीय न्यायधीश श्री रामप्रसाद श्रेष्ठसँग इजलास तोकिएको रहेछ । पुनरावेदन अदालतमा नियुक्त भएपछि मूलतः पुनरावेदन अदालत नियमावली २०४८ अध्ययन गर्नुपर्छ भन्ने लागेर नियुक्त भएको दिनदेखि नै उक्त नियमावलीको अद्योपान्त अध्ययन गरिरहेको थिएँ । फैसला लेख्दा पुनरावेदन अदालत नियमावलीबमोजिम दैनिक पेशी सूचीमा चढी भन्ने वाक्यांशबाट शुरु गरेर फैसला लेख्नुपर्थ्यो ।

त्यो दिन हाम्रो बेन्चमा जिल्ला अदालत र अञ्चल अदालतबाट भएको फैसलाउपर क्षेत्रीय अदालतबाट अनुमति भएर आएको वकसपत्र बदरसम्बन्धी एउटा अलि क्लीष्ट मुद्दा थियो । बकसपत्र बदर नहुने गरी भएको पहिलेको फैसला उल्टी हुनेगरी फैसला भयो । फैसला लेखनको प्रारम्भिक ज्ञान दिन न्यायाधीश रामप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । फैसलाको केही अंश लेखेर सुनाउने प्रयत्न गरेँ । मेरो लेखाई अलिक साहित्यिक शैलीको भएछ । उहाँले यो त निबन्ध जस्तो भयो, फैसला अलि ठोस भाषामा लेख्नुपर्छ भनी सुझाव दिनुभयो । खास शव्दहरू– ‘यस्तो देखियो’, ‘पाइयो’, ‘भयो’, ‘प्रमाणको विवेचनामा यस्तो देखियो’ जस्ता शव्दावली तथा ‘यसकारणले ठहर्छ’ भन्ने कारण लेख्नुपर्छ भनी त्यो दिन मलाई दिनुभएको ज्ञान आज पनि ताजै छ ।

वास्तवमा फैसला लेखन भनेको एउटा न्यायाधीशको लागि उसको सफलताको एउटा मूख्य कडी हो । प्राप्त सुझावहरूलाई मनन गर्दै मुद्दाहरू सुन्ने, बुझ्ने र तथ्यहरूलाई प्रमाणसँग बुझ्ने कार्यमा मैले आफूलाई दत्तचित्त राख्ने प्रयत्न गरेँ । त्यतिवेला फैसला लेखनसम्बन्धी न त कुनै तालिम नै दिइन्थ्यो न त अहिलेको जस्तो न्यायिक प्रतिष्ठान नै थियो ।

२०४८/०३/०५ गते एउटा भयानक दुर्घटनाबाट संयोगले बाँचेँ । त्यसपछाडिका दिनहरूमा अनपेक्षित संयोगहरू मेरा जीवनमा आई नै रहे । नवलपरासीको दाउन्ने डाँडामा भएको उक्त मोटरसाइकल दुर्घटनामा मैले एकैदिन जन्मिएका मेरा अनन्य मित्र छविलाल वास्ताकोटीलाई गुमाएँ । म करिब २ साताको अस्पताल बसाईपछि होसमा आएँ । मेरो उपचारमा सँलग्न डाक्टर महेश खकुरेलले यो तपाईंको पुनर्जन्म हो भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

नियुक्तिको खबर सुन्नासाथ पशुपतिको दर्शन र प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसँग भेट गर्ने इच्छा भएकाले कार्तिक १९ गते नै विहान पशुपतिनाथको दर्शन गरेर प्रधानन्यायाधीशको निवासमा गएँ । उहाँ निवासको प्राङ्गणमा सर्वोच्च अदालतका न्यौपाने थरका न्यायाधीशसँग कुरा गर्दै हुनुहुन्थ्यो । मैलै आफ्नो परिचय दिँदै हजुरका २०२८ सालदेखिका सवै फैसला अध्ययन गरेको छु भनेँ । उहाँबाट मैले बधाईसँगै ‘राम्रो काम गर्दै जानु’ भन्ने आशिर्वचन प्राप्त गरेँ ।

केही क्षणमा मेरै गुरुहरू कृष्णजङ्ग रायमाझी र लक्ष्मण अर्यालसँग पनि भेट भयो । लक्ष्मण अर्यालसँग मेरो पहिल्यैदेखि चिनाजानी थियो । कानून व्यवसायीका रूपमा काठमाडौँमा वहस गर्न आउने क्रममा कतिपय मुद्दाहरूमा उहाँको सहयोग लिएर काम गर्ने गर्थें । कृष्णजंग रायमाझी ०४१ सालमा नै क्षेत्रीय अदालतमा न्यायाधीशमा नियुक्त भै ०४८ सालमा सर्वोच्च अदालतमा न्यायाधीश हुनुभएको थियो । उहाँहरू दुवैले मलाई बधाइ दिनुभयो । सोही आशिर्वचनले मलाई काम गर्ने थप प्रेरणा मिल्यो ।

पुनरावेदन अदालतको न्यायाधीश हुने धेरैको रहर थियो क्यारे । को–को प्रतिष्पर्धामा हुनुहुन्थ्यो थाहा भएन । यद्यपि मैलै न्यायाधीश नियुक्तिको लागि कतै भनसुन पनि गरेको थिइनँ । कतै–कुनै दरखास्त वा व्यक्तिगत विवरण पनि पेश गरेको थिइनँ । २०४८/०३/०५ गते एउटा भयानक दुर्घटनाबाट संयोगले बाँचेँ । त्यसपछाडिका दिनहरूमा अनपेक्षित संयोगहरू मेरा जीवनमा आई नै रहे । नवलपरासीको दाउन्ने डाँडामा भएको उक्त मोटरसाइकल दुर्घटनामा मैले एकैदिन जन्मिएका मेरा अनन्य मित्र छविलाल वास्ताकोटीलाई गुमाएँ । म करिब २ साताको अस्पताल बसाईपछि होसमा आएँ । मेरो उपचारमा सँलग्न डाक्टर महेश खकुरेलले यो तपाईंको पुनर्जन्म हो भन्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँलाई अहिले पनि म श्रद्धापूर्वक नमन गर्छु ।

भयानक दुर्घटनापछि अशक्त शरिर लिई मण्डिखाटारमा रहेको ससुराली घरमा आराम गरिरहेको थिएँ । त्यहीबेला काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराई, तारानाथ रानाभाट समेतको ठूलो टोली लिएर मेरो स्वास्थ्य अवस्था बुझ्न आउनुभएको थियो । शरिरबाट स्पिलिन झिकिएको थियो । अहिले पनि मेरो शरिरमा स्पिलिन छैन । सातवटा करङ भाँचिएका थिए । विभत्स दुर्घटनासँग जुधेर पुनर्जीवीत मेरो जीवनले त्यसपछि अर्कै मोड लियो । वास्तवमा जीवन नै एउटा संयोग रहेछ । कानून व्यवसाय निकै राम्रोसँग चलिरहेकाले म न्यायाधीशको लागि लालायित पनि थिइनँ । संयोगवश न्यायाधीश भएँ । त्यसैले मलाई लाग्छ अलिकति सिद्धान्त, अलिकति भाग्य, अलिकति नियत र सबै कार्यसँगको संयोजनबाट नै करिव २७ वर्ष मैले न्यायक्षेत्रमा व्यतित गर्न पुगेको छु ।

(क्रमशः)

यो पनि पढ्नुहोस्-

धीरेन्द्रको नाम लिएर उम्किने असफल प्रयास
https://www.ghatanarabichar.com/100085