आईटीएफ टेनिसमा नेपालका दुवैको उत्कृष्ट प्रदर्शन

आईटीएफ टेनिसमा नेपालका दुवैको उत्कृष्ट प्रदर्शन


नेपालको ब्वाइज र गल्र्स दुवै टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन लिगमा नेपालको दुवै टोली दोश्रो हुँदै सेमिफाइनलमा पुगेको प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

पाँच राष्ट्र सहभागी ब्वाइजमा भारत पहिलो भयो भने पाकिस्तान तेश्रो र श्रीलंका चौथो भए । ब्वाइजमा भुटानको चुनौती समाप्त भएको छ । ४ राष्ट्र रहेको गल्र्समा पनि भारत पहिलो भयो । श्रीलंका तेश्रो र भुटान चौथो स्थानमा रहे ।

ब्वाइज सेमिफाइनलमा नेपालले पाकिस्तान तथा भारतले श्रीलंकाको सामना गर्नेछन् । नेपाल र श्रीलंका तथा भारत र भुटानबीच गल्र्सको सेमिफाइनल हुनेछ । सेमिफाइनलका विजेताले आगामी नोभेम्बरमा कजाकिस्तानमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिप स्थान पक्का गर्नेछन् ।

राउन्ड रोविन लिगको अन्तिम दिन नेपाली ब्वाइज र गल्र्स टिम दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । ब्वाइजमा नेपालले पाकिस्तानलाई २–१ ले पराजित ग¥यो । पहिलो सिंगल्समा नेपालका अकी जुवेन रावतले पाकिस्तानका विलाल असिमलाई ६–२ र ६–२ को सोझो सेटमा हराए । दोश्रो सेमिफाइनलमा पाकिस्तानका हमिद इस्ररले नेपालका आरभसम्राट हाडालाई ६–२ र ६–३ ले पाखा लगाउदै खेललाई बराबरीमा ल्याएका थिए । निर्णायक रहेको डबल्समा अकी र आरभको जोडीले विलाल र मुहम्मद हुजैफा खानको जोडीलाई ६–० र ६–१ को सीधा सेटमा पन्छ्याउदै नतिजा आफ्नो पक्षमा पारेका थिए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाली गल्र्स टिमले भुटानमाथि ३–० को सहज जित रच्यो । सिंगल्समा नेपालकी अजा रेग्मीले भुटानकी युडेन कर्मा दोर्जीलाई ६–१ र ६–३ तथा नेपालकी शुभाङ्गीलक्ष्मी शाहले भुटानकी वाङसेल तेन्जिन ल्हादेनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाए । डबल्समा शुभाङ्गी र आइशा डोल्कर गुरुङको जोडीले युडेन र कुइङ्गा पाल्मोको जोडीलाई ६–१ र ६–० ले पन्छाए ।

ब्वाइजमा भारतले श्रीलंका र भुटानलाई समान ३–० तथा पाकिस्तानले भुटानलाई ३–० ले नै निराश पारे । गल्र्समा भारतले श्रीलंकालाई ३–० ले हरायो ।