फाइनलमा आर्मी र गोरिल्लाज भिड्ने

फाइनलमा आर्मी र गोरिल्लाज भिड्ने


समृद्धि गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा फाइनलमा प्रवेश गरेको छ ।

विशाल मिलन केन्द्रको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित समृद्धिले नेपाल आर्मीलाई ४३–१९ ले सहजै पाखा लगाएको थियो । समृद्धिकी लुनिभा सिंहले व्यक्तिगत १५ स्कोर गरेकि थिइन् ।

पहिलो क्वाटरमा ११–४ को अग्रता लिएको समृद्धिले दोश्रो क्वाटर १८–८ र तेश्रो १२–४ ले आफ्नो पक्षमा पा¥यो । चौथो क्वाटरमा समृद्धि २–३ को झीनो अन्तरले पछि परेको थियो ।

फाइनलमा समृद्धिको भेट बुढानीलकण्ठसंग हुनेछ । पुरुषमा आर्मी ‘ए’ र बुढानीलकण्ठ उपाधिका लागि भिड्ने छन् । फाइनल बैशाख १३ गते बिहीबार हुनेछ ।

नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।