महर्जन बिजनेज भवनको निर्माण रोक्न सर्वोच्चको आदेश

महर्जन बिजनेज भवनको निर्माण रोक्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले महर्जन बिजनेश एसोसियट्स प्रालिको वसन्तपुरमा बन्दै गरेको व्यापारिक भवनको निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पुरातात्विक सम्पदा क्षेत्रमा तत्काल निर्माणको कामलाई अगाडि नबढाउन अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।

जनहित संरक्षण मञ्चका कार्यकारी निर्देशक एवं वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले प्राचीन स्मारक संरक्षण ऐन–२०१३ विपरीत भवन निर्माण भएकाले तत्काल निर्माण रोक्न माग गदै सर्वोच्चमा गत सोमबार रिट दायर गरेका थिए । अदालतले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।