बेर्डिङबाट छोरी निकाले प्रदेशमन्त्री बरालले

बेर्डिङबाट छोरी निकाले प्रदेशमन्त्री बरालले


प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । मन्त्री बरालले छोरी मुनालाई तम्घासको अर्जुन बोर्डिङवाट बुटबल ल्याई बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ६ मा भर्ना गरेका हुन् ।

विद्यार्थी भर्नाको अवसरमा बोल्दै मन्त्री बरालले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सकारात्मक सन्देश दिने उद्देश्यले आफूले सामुदायिक विद्यालयमा छोरी भर्ना गरेको बताए । उनले देशभरका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार्न संघीय, प्रदेश र स्थानीय सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

कालिका मानवज्ञान देशकै धेरै विद्यार्थी संख्या भएको सामुदायिक विद्यालय हो । यो विद्यालयले यसवर्ष सामुदायिक विद्यालयतर्फ देशकै सर्वोत्कृष्ट विद्यालय पुरस्कार पाएको छ । यहाँ करिव ५ हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम गलामी लगायतले मन्तव्य दिएका थिए ।

– चन्द्रकान्त खनाल