मेयर कप फुटबल वैशाख १५देखि

मेयर कप फुटबल वैशाख १५देखि


कागेश्वरी मनहरा नगर खेलकुद विकास समितिको आयोजनामा वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता बैशाख १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा कागेश्वरी मनहरा नगरपालिकाका ९ वटा वडाका पुरुष टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष राम पुडासैनीले जानकारी गराए ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्नेछन् । लिग कम नकआउट आधारमा बैशाख २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु थली खेल मैदानमा हुनेछ ।