इक्यानमा नयाँ नेतृत्व, अध्यक्षमा विष्णुहरि

इक्यानमा नयाँ नेतृत्व, अध्यक्षमा विष्णुहरि


नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । प्रतिष्पर्धी सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे विजयी बनेका हुन् । जिल्ला शाखासहित करिव पाँच सय परामर्श केन्द्र आबद्ध रहेको इक्यानको नयाँ नेतृत्व चयनका लागि गत शनिबार साधारणसभा आयोजना गरिएको थियो । इक्यानको सोही १२औँ साधारणसभाको क्रममा भएको निर्वाचनले अध्यक्षमा पाण्डेसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल र देवीदास भट्टराई निर्वाचित भएका छन् भने महासचिवको जिम्मेवारी शेषराज भट्टराईले पाएका छन् । त्यस्तैगरी सचिवद्वयमा दीपकराज भुसाल र विक्रम केसी तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन निर्वाचित भएकी छन् ।
कार्यसमितिका अन्य सदस्यहरूमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुष्मा आचार्य, सुदन चौहान, बीके (बालकृष्ण) श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह छानिएका छन् ।