तपाईंको यो साता (१२–१८ वैशाख २०७४)

तपाईंको यो साता (१२–१८ वैशाख २०७४)


मेष
प्रतिकूल भई कुलतमा मन जानेछ । घरपरिवारमा झैझमेलाको अवस्था आउला । साताको अन्त्यबाट बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ रातो वा पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ कालो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन
विद्या र बुद्धिको विकास हुनेछ । जोस, जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । साताको अन्त्यमा अरूको वचन टार्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धनलाभ हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । साताको पहिलो दिनबाट प्रेमी÷प्रेमिकाका बीच खिन्नता बढ्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
वाक्चतुऱ्याइँले सङ्कल्पसिद्ध हुनेछ । आँटेकोे र ताकेको कार्य पूरा होलान् । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वाक्चतुऱ्याइँले सङ्कल्पसिद्घ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ पहेँलो वा गुलावी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कन्या
स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । मानसिक चिन्त बढ्नुका साथै घरपरिवारबाट टाढिनुपर्नेछ । शुक्रबारबाट रमणीय र सुखद यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मध्य सातामा घरव्यवहारको समस्याले सताउनेछ । चिरप्रतिद्वन्दीहरूले कार्यमा अवरोध ल्याउनेछन् । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक
दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । आइतबारबाट गरेका काममा ढिलासुस्ती हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । बन्दव्यापारमा मन्दी छाउनेछ । यो साताका लागि शुभअङ्क २, ३ र शुभरङ रातो वा पहेँलोे हो । कुनै शुभकर्म गर्नुअघि गणेशजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

धनु
कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । शुक्रबारबाट राजनीतिक र सामाजिक क्षेत्रबाट फाइदा हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ गुलाबीे वा सुन्तला रङ हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ
शुभकार्यको चर्चा चल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्म्मीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
धैर्य एवम् लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । रमाइलो यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । वाहन लाभ हुने समय छ । साताको पहिलो दिनबाट महत्वपूर्ण अवसर गुम्न सक्नेछ । गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ हरियो वा घ्यू रङ हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।