मदिरा पिएर चिनियाँ होटलमा आगो लगाउँदा १८ को मृत्यु

मदिरा पिएर चिनियाँ होटलमा आगो लगाउँदा १८ को मृत्यु


चीनको एक मधुशाला (वार)मा आगलागी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको चिनियाँ प्रहरीले जनाएको छ । मंगलबार भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ ।

यसैबीच रेष्टुरेण्टमा आगलागी लगाउने काम गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले पक्राउ परेका ३२ बर्षीय लिउ चुन्लुले आफ्नो अपराधलाई स्वीकार गरेको सिन्ह्वाले जनाएको छ ।

आगलागी हुनुभन्दा पैलै उनले मदीरा सेवन गरेको र झगडामा सम्लग्न भएको स्वीकारे पनि उनले नै आगो लगाएका थिए कि थिएनन् थप अनुसन्धान अघि बढाइएको बताइन्छ । आगलागीबाट रेष्टुरेन्टको १५ हजार अमेरिकी डलर बराबरको भौतिक क्षति भएको पनि जनाइएको छ ।

तस्बिर सिन्ह्वा/रासस