नारित्वको उत्सव !

नारित्वको उत्सव !


– सरु जोशी श्रेष्ठ

डेढ दशकदेखि क्रिएटिभ स्टेटमेन्टमार्फत सिर्जना सिंह योन्जनको पहलमा सेलिब्रेटिङ वुमनहुड (नारित्वको उत्सव) नवदेवी सम्मान कार्यक्रम नेपालमा मनाउँदै आइएको थियो, यसवर्ष भने फरक शैलीमा गरियो । कार्यक्रमको शुरुआतमै ‘धेरै छ गर्न देशको सेवा नेपाली बन्नलार्ई, शीर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलार्ई’ गीतले सहभागीलाई जराकजुरुक बनाइदियो । अहिलेको अवस्थामा गोपाल योन्जनको गीत सान्दर्भिक लाग्यो ।

नेपालमा हामीले धर्म–संस्कृतिलाई समानता र विकासको अडचनको रूपमा धेरैपटक ब्याख्या गयौँ । हामीले आफ्नो धर्म–संस्कृतिका सवल पक्षमा विरलै गर्व गर्यौँ । यसका गुदीपक्षको खासै विश्लेषण गरेनौँ र कमजोर पक्षको बढी हल्लाखल्ला गऱ्यौं । तर हिन्दुधर्मकै नारीशक्ति नवदेवीका रूपमा नेपाली महिलाका सफलतालाई समाहित गरेर सेलिब्रेटिङ वुमनहुड मनाउन थालियो । तर अरु कुनै धर्ममा नभएको महिला शक्ति सरस्वती, लक्ष्मी, दुर्गालगायत अरु ६ देवीको साक्षात स्वरुपलाई पहिचान र सम्मान गरी नारीत्वको उत्सव मनाउन शुरु गरेको यो प्रयास रचनात्मक, नवीन र लोभलाग्दो छ ।

यस क्रममा हालसम्म नेपालका १२६ महिला, ८ पुरुष, ६ सस्ंथा र ७ दक्षिण एशियाली संस्थाले समेत सम्मान पाइसकेका छन् । ठुलो स्रोत वा सहयोग नभए तापनि जसोतसो धान्दै, सम्हाल्दै, समय सापेक्ष परिवर्तन गर्दै यो कार्यक्रमले डेढ दशक पार गरेछ । निरन्तरताकै क्रममा यो वर्ष भने नयाँ ९ महिलालाई सम्मान नगरी १२६ मध्य २५ महिलाको सफलताको कथा अभिलेखीकरण गरी लण्डनस्थित लेभरपुल मुर जोन युनिर्भसिटीको समाजशास्त्रअन्तर्गतको पाठयक्रममा राखिएको घोषणा गरियो ।

यो घोषणाले नेपाललाई गौरवान्वित महसुस गरायो । यी २५ महिलाले कसरी आफ्नो जटिल परिस्थितिमा संघर्ष गर्दै सफल भए भनेर अब बेलायतस्थित युनीर्भटिीका विद्यार्थीले पढ्ने छन् । घोषणा कार्यक्रममा २५ मध्य केही प्रतिनिधिहरूले आफ्नो कथा सुनाए । ह्वील चेयरमा आउनुभएकी सुनसरीकी तृप्ता लुङ्गेली मगरले अपाङ्ताबीच गरेको संघर्ष सुन्दा हामी खुट्टा भएकाहरूको सङ्घर्ष हलुका लाग्छ । उनले पद्मकन्या क्याम्पस पढ्नका लागि गरेको सङ्घर्ष कष्टपुर्ण रहेछ । गोकर्णबाट दैनिक बसमा चार पाउ टेक्दै, बस चढदै ओर्लँदै अन्ततः बीएड मात्रै गरिनन्, अपाङ्गता भएका दिदी–बहिनीलाई एकजुट गर्न समेत नेटवर्क बनाएर नेतृत्व गरिरहेकी छिन् । हाम्रो साेच, संरचना, पाठयक्रम अपागंता मैत्री भइदिए यी महिला मुलकका लागि भार होइन कि उनीहरूले मुलुकको भार कम गर्न नेतृत्व लिने रहेछन भन्ने सबैलाई लागेको हुनु पर्छ । तृप्ताको सघंर्ष सुन्दा खुइय गरेर लामो सास र्फेन मन लाग्छ । अहिले उनको एउटै सुझाव छ, गरिखाने हुन, कम ब्याजमा ऋण पाए हुन्थ्यो ।

मेनुका थापाले कथा जस्तो लाग्ने आफ्नो जिन्दगीको वास्तविकता सुनाउदा सबैको आँखा रसाए । कसरी अप्ठयाराहरूले मान्छेलाई खार्दोरहेछ र मेनुका कमजोर बालिकाबाट एक ठोस महिलानेतृ भएर निस्किएको कुरा ठुलो सफलताको कथाको हो । हाम्रा घर, सरकार र संघ संस्थाका नीति, कार्यक्रम सहज र ब्यवहारिक नहुँदा महिला कसरी हिंसामा पर्न सक्छन् भन्ने उनको कथामा देखियो । बुबाको मृत्यु भएपछि आमाले कुटपिट सहँदै गर्भको बच्चालाई बचाउने कोसिस गरेको, अनि आमाको मृत्युपछि आफन्तहरूले घरका ढोका बन्द गरिदिएको उनको कथा कहालीलाग्दो छ ।

अङ्ग्रेजी बोल्न नजानेर कतिपटक पाखा लगाइएका वास्तविक जीवनका महिलाका कथालाई अब फरर्र अङ्ग्रेजी बोल्ने बेलायतले पढ्नेछ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जानी–नजानी आफ्नो बाटो खन्दै अघिबढेको सफलताको कथाले निश्चय नै आकर्षित गर्नेछ । यी नेतृहरूले आफै नेपाली महिला सक्षम छन् भन्ने दृष्टान्त पेश गरे, यो नै नेपालको लागि गौरवको विषय बनेको छ ।

उनी कति रात बानेश्वरको सडकपेटीमा खुला आकाशमै सुतेकी रहिछन् । त्यसपछि कामको खोजीमा दोहोरीमा गीत गाउन पुगेको र महिना मरेपछि तलबको साटो रोजगारदातालाई यौन सन्तुष्टि प्रदान गरिदिनुपर्ने कुराले उनी आकाशबाट झरेझैँ भइछन् । उनको कथाले नेपालको आन्तरिक श्रम बजारको सुृरक्षालाई उजागर गरेको थियो । यी दुई त प्रतिनिधि पात्र मात्र हुन् यीसँगै कल्पना कार्कीले दम्पतिको भूमिमा सयुंक्त अधिकारका लागि गरेको वकालत सेयर गरियो । अर्को कथा फरक धारबाट रिन्छेन योन्जनले सुनाउनुभयो । वहाँले विभेदको अनुभव नगरेता पनि प्रशिध्द संगितकार र गायक स्वर्गीय गोपाल योन्जनसंग बिवाह गरेपछि सधंषसर्गैं उध्मशीलता, बातावरण संरक्षण गर्दे काठमाण्डौको सुन्दरताका लागि गरेको कामको बारेमा बताउनुभयो ।

त्यस्तै चितवनकी डोमा पौडेल, नेपालको प्रथम प्रकृति गाइडको कथा, मकवानपुरकी चमेली वाइबाले समुदायमा लिएको नेतृत्वको कथा, अमिरा दलीको वातावरण बारे जगाएको जनचेतना, रेणु शर्मा र कमला उप्रेतीले आधारशीला फाउण्डेसनबाट गरेको उद्धार, परामर्श र उत्थानका कथा पनि पाठयक्रममा राखिएका छन । डा. सुमित्रा मानन्धर गुरुङले महिलाको स्रोतमा पहुँच पु¥यााउन शुरु गरेको महिला सहायता लघुवित्त सस्ंथाको पहल, सप्तरीकी गुलाब देवी रामले चमार समुदायले उठाउनु पर्ने गन्हाउने सिनोविरुद्धको वकालतले उनलार्ई सामाजिक अभियन्ता बनायो ।

फेशन जगतमा व्यवसायिकता स्थापना गर्दै सयौँ–हजारौँलाई रोजगारी प्रदान गर्ने ज्ञानशोभा तुलाधर, पोखरामा गीत गाउँदै कविता लेख्दै जनचेतना जगाउने हरिदेवी कोइराला, ओझेलमा परेको जेलका बालबालिकाका अधिकारबारे काम गर्ने अभियन्ता इन्दिरा राणा मगर, धरानमा पुर्वान्चल ज्ञानचक्षु विद्यालय खोलेर दृष्टिविहीनका आँखा र आवाज हुने केशरी राणा थापाको सफलता सुन्नैपर्ने खालका छन् । माउण्टेन बाइक प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार जीतेकी लक्ष्मी मगरको सफलताले त हरेक युवालाई आत्मबल नै दिन्छ । पेस्टीसाइडले आक्रान्त पारेको बेला काभ्रेकी लक्ष्मी तिमल्सिनाको अर्गानिक खेती, ८ वर्षको उमेरमै कमाएर परिवारको गर्जो टार्दै पछि गण्डकी बोर्डिङ स्कुलको नेतृत्व लिने माया ठकुरीको कथा उस्तै प्रेरणादायी छ ।

निर्मला बागचन्दले विवाहको २० वर्षपछि करियर बनाउन गरेको पहल, गुरुकुलकी गुरुआमा निशा पोखरेलले नाटकमार्फत जगाएको जनचेतना, पेमा शेर्पाले सोलुखुम्बुमा ब्यवसायिक तालिमप्राप्त सुढेनी भइ पुराएको सेवा, इटहरीमा सेल्टर र परामर्श सेवा दिने राधिका कार्की थापाको अनुभवलाई पनि पाठयक्रममा राखिएको छ । २२ वर्षमा श्रीमान गुमाएर एकल महिलाको हक–अधिकारको वकालत गर्दै उपमेयर बनेकी काभ्रेकी रामदेवी तामाङ, महिलाका लागि नौलो पेशा अपनाएर सङ्गीत, तबला सिकाउने गुरुमा सरिता मिश्र, बर्दियाकी जुबेदा खातुन, पुर्वाञ्चल अनाथाश्रम चलाउने सीता पोखरेलसहित सामाजिक परिचालकको कथा गरी जम्मा २५ जीवन्त कथाहरूले उक्त विश्व विद्यालयमा स्थान पाएको छ ।

अङ्ग्रेजी बोल्न नजानेर कतिपटक पाखा लगाइएका वास्तविक जीवनका महिलाका कथालाई अब फरर्र अङ्ग्रेजी बोल्ने बेलायतले पढ्नेछ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जानी–नजानी आफ्नो बाटो खन्दै अघिबढेको सफलताको कथाले निश्चय नै आकर्षित गर्नेछ । यी नेतृहरूले आफै नेपाली महिला सक्षम छन् भन्ने दृष्टान्त पेश गरे, यो नै नेपालको लागि गौरवको विषय बनेको छ । यी महिलाका कथासँगै बेलायतमा अब नेपाली संस्कृति, दुःख–सुख, हेला–अपहेलनादेखि सशक्तीकरणसम्म पढाइ हुनेछ । नेपाली गाउँका छोरीहरूको कथा अन्तर्राष्ट्रियकरण हुनेछ ।

मनन गर्नुपर्ने कुरा, यी महिलाहरूले समयमा साथ पाएका भए, हाम्रा नीतिहरूले यी महिलाका जीवन छुन सकेको भए, मेनुका थापाले भनेजस्तै भएका सघंसस्थाले फ्रेमवर्क, क्राइटेरिया र सुूककै वरिपरी नरुमलिएका भए, अङ्ग्रेजी बोल्न नसक्ने समुदायका महिलालार्ई समावेश गर्ने समावेशी कार्यक्रम भएका भए, यस्ता हिरोको गीत सबैले गाउन सक्थे । उनीहरू मुलधारमा आउन सक्थे, यी कथाले हाम्रो पाठयक्रममा पनि स्थान पाउन सक्थे । आफु पर्दापछि बसेर यतिका धेरै महिला नेतृत्वलाई अगाडि सार्ने सिर्जना सिंह योन्जनको भिजनलाई सल्युट गर्दै स्व. गोपाल योञ्जनको गीत दोहोऱ्याउन मन लाग्यो– ‘भुल हो तेरो भागी हिँड्नु जीवनदेखि डराएर यहाँ जिउनेहरू नै लक्ष्यमा पुग्छन्, मर्नेहरू सब फालिन्छन्, संसारसँग तँ घुम्दै जा अनि सारा संसार तेरै हो, उड्दै–उड्दै छुन सकिस् भने जुन–तारासम्म तेरै हो…।’

[email protected]