राष्ट्रिय प्रतियोगिता स्थगित-श्रीविक्रम भण्डारी

राष्ट्रिय प्रतियोगिता स्थगित-श्रीविक्रम भण्डारी


राष्ट्रिय खेलको नाममा आर्थिक खेलको दुस्साहस
आखिर जे हुनुपर्ने थियो, त्यही भयो । सुदूरपश्चिमका जनताको पनि यही माग थियो । छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय सारिनुपर्ने । वर्तमान अवस्थामा खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्लेे छैटौँ राष्ट्रिय प्रतियोगिता स्थगित भएको घोषणा गरेको छ । यही फागुन २१ गतेदेखि सञ्चालन हुनुपर्ने राष्ट्रिय प्रतियोगिताका लागि सरकारले अहिलेसम्म बजेट उपलब्ध नगराएका कारणले प्रतियोगिता स्थगित गर्नुपरेको राखेपले जनाएको छ । सरकारले सुदूरपश्चिममा आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि १० करोड दिने निर्णय गरे पनि अहिलेसम्म उक्त रकम राखेपलाई प्राप्त भएको छैन । मुखैमा आएको प्रतियोगिताका लागि छुट्याएको बजेट सरकार परिवर्तनले गर्दा अहिले खेलकुद मन्त्रालयमा फि्रज हुन पुगेको छ ।
पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबाट हात धुनु परेपछि यसपटक सुदूरपश्चिमका खेलकुद पदाधिकारीहरू निकै चनाखो बनेका थिए । राष्ट्रिय प्रतियोगिताको घोषणा गरेको नौ महिना बितिसक्दा पनि सम्बन्धित निकाय राखेपले कुनै पहल गरेको थिएन । यसपछि यसपटक पनि प्रतियोगिता हातबाट फुस्किन लागेको कुरालाई आत्मसात् गर्दै दुई महिनाअघि सुदूरपचिमका विभिन्न निकायका व्यक्तिहरूले राजनीतिक दलका नेतासँग हारगुहार गरेका थिए । इतिहासमै पहिलोपटक भएको सुदूरपश्चिमेहरूको पहिलो भेलामा विभिन्न राजनीतिक दलका नेताहरूले कुनै स्वार्थबिना सहभागिता जनाएका थिए । उक्त भेलामा विभिन्न राजनीतिक दलका नेताहरूले एकै स्वरमा सुदूरपश्चिममा छैटौँ राष्ट्रिय प्रतियोगिता हुनुपर्ने बताउँदै त्यसका लागि जे पनि गर्न तयार रहेको बताएका थिए । उक्त भेलामा राष्ट्रिय प्रतियोगिताका लागि समयको अभाव, भौतिक पूर्वाधारहरूको निर्माण र बजेटको बारेमा व्यापक छलफल भएको थियो । यही कुरालाई मध्यनजर राख्दै उक्त भेलाले प्रतियोगिताको आयोजनाका लागि समयसारणी गरिनुपर्ने मागसमेत राखेको थियो ।
आफूले तय गरेको मितिमा प्रतियोगिता गराउन कटिबद्ध देखिएको राखेपले प्रतियोगिताको आयोजनाको मितिसम्म पनि कुनै बजेट उपलब्ध गराउन नसकेपछि हालै प्रतियोगिता स्थगित भएको घोषणा गरेको थियो । राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी सुदूरपश्मिलाई दिएपछि कहिल्यै सकारात्मक भूमिका ननिभाएको राखेपले बजेट आएपछि मात्र सलबलाएको थियो । प्रतियोगिताको आयोजना मात्र तीन महिना बाँकी रहेको अवस्थामा जसरी पनि प्रतियोगिता तोकिएकै समयममा गराउनुपर्छ भनेर रट लगाएको अहिले भ्यागुतोसरि उत्तानो परेको छ । प्रतियोगिताको सफल आयोजनाभन्दा आर्थिक पक्षतिर बढी आकरि्षत भएका राखेपका पदाधिकारीले प्रतियोगिताको आयोजनाका लागि सिन्कोसमेत नभाँचेको कहीँबाट छिपेको छैन । यसरी जसरी भए पनि झारा टार्ने हिसाबमा राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर आर्थिक हिनामिना गर्ने उनीहरूको मनसायमा अहिले पानी परेको छ ।
अहिले राखेपले छैटौँ राष्ट्रिय प्रतियोगिता स्थगित गरेर के गर्न खोजेको हो त्यो बुझ्न सकिएको छैन । स्थगित नभई प्रतियोगिताको मिति सारिनुपर्नेमा राखेपले स्थगितको घोषणा गरेर सुदूरपश्चिमलाई आन्दोलनमा उत्रिन बाध्य तुल्याएको छ । राखेपको नालायकीपन र गैरजिम्मेवारीले गर्दा राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमले कुनै क्रियाकलाप अगाडि बढाउन पाएको थिएन । बजेटको आशा गर्दागर्दै कुनै भौतिक पूर्वाधार निर्माण गर्न नसकेको अवस्थामा प्रतियोगिता गर्न सकिने अवस्था नै थिएन । अझ फागुनपछि तराईमा बढ्ने गर्मीले प्रतियोगितालाई असर पार्ने भएकोले आयोजकले पटकपटक राखेपलाई प्रतियोगिता सार्न दबाब दिएको थियो । तर, राखेपले उक्त मागलाई उपेक्षित गर्दै प्रतियोगितालाई समयको घेराबन्दीमा राखेर अझ अन्योल थप्ने कार्य मात्र गरेको थियो । जुन अहिले वास्तविकतामा परिणत भएको छ । आर्थिक गन्ध आएपछि मात्र राष्ट्रिय प्रतियोगिताको बारेमा संवेदनशील बनेको राखेपको नियत पनि अहिले प्रस्ट भएको छ । उनीहरू राष्ट्रिय खेलको नाममा आर्थिक खेल खेल्न चाहन्थे भन्ने कुराको पनि पुष्टि भएको छ । अन्यथा जहाँ कुनै गतिलो भौतिक पूर्वाधार छैन, भएकाहरूको पनि जीर्णोद्धार र मर्मतसम्भार गरिएको छैन भने कसरी बृहत् राष्ट्रिय प्रतियोगिता हुन्छ ? त्यसै अनुमान लगाउन सकिन्छ ।
अहिले राष्ट्रिय प्रतियोगिता स्थगित भएको समाचारले सुदूरपश्चिम स्तब्ध भएको छ । उनीहरूले यसको सारा दोष राखेपलाई लगाएका छन् । उनीहरूले प्रतियोगिता स्थगित भए पनि ढिलोचाँडो जहिले भए पनि राष्ट्रिय प्रतियागिता सुदूरपश्चिममा हुनुपर्ने आवाज उठाउँदै आएका छन् । वास्तविक रूपमा राष्ट्रिय प्रतियोगिताको आयोजना प्रत्येक दुई वर्षमा हुनुपर्नेमा ०३८ सालदेखि शुभारम्भ भएको यो प्रतियोगिताका अहिलेसम्म पाँचवटा संस्करण मात्र सम्पन्न भएका छन् । यही आँकडालाई पनि अध्ययन गर्दा सुदूरमश्चिममा एक वर्ष प्रतियोगिता ढिला हुँदा कुनै पहाड नखस्ने देखिन्छ । तर्सथ सम्बन्धित निकाय राखेपले राष्ट्रिय प्रतियोगिता गर्नुको उद्देश्य र औचित्यलाई गहन रूपमा अध्ययन र आत्मसात् गर्दै प्रतियोगिताको बारेमा सोच्नुपर्ने आवश्यक भइसकेको छ । हतारको काम जहिले पनि अपूर्ण र अविश्वसनीय हुने भएकोले धैर्यताका साथ काम गर्नु उचित देखिन्छ । विकास निर्माणका कार्यहरूबाट सधैं पिछडिँदै आएको सुदूरपश्चिमका लागि यो प्रतियोगिता निकै अहम् बनेको छ । उनीहरूले यो प्रतियोगितालाई बहाना बनाएर खेलकुदका भौतिक पूर्वाधारहरू निर्माण हुने सपना देखेका छन् । जुन सुदूरपश्चिमका लागि मात्र नभई राखेका लागि पनि भविष्यमा वरदान सावित हुनेमा सायदै कसैलाई शङ्का होला । किनकि दीपक विष्टजस्ता होनहार खेलाडी सुदूरपश्चिमबाटै जन्मिएको सायदै राखेपले बिर्सिएको छैन होला ।
आखिर राखेपको निर्णयजस्तो भए पनि छैटौँ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमबाट कसैले खोस्न नसक्ने प्रमाणित भइसकेको छ । प्रतियोगिता स्थगितको समाचारले मात्र सडकमा उत्रिसकेका सुदूरपश्चिका बासिन्दाले समयमै राखेपलाई प्रतियोगिताको मिति तोक्न दबाब दिइसकेका छन् । यदि समयमै राखेपले सुदूरपश्चिमको मागलाई सुनेन र आफ्नो कदम अगाडि बढाएन भने त्यो खेलकुदका लागि समेत दुर्भाग्य हुनेछ । वर्तमान अवस्थामा विरोधका लागि विरोध प्रदर्शन मात्र गरिरहेका सुदूर मका खेलाडी, खेल पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका नेता-कार्यकर्ता र सर्वसाधारणले भोलि विद्रोहमा उत्रिनुपर्‍यो भने त्यसको जिम्मेवार सरकार र राखेपले लिनुपर्नेछ । तर्सथ सबैलाई चेतना भया, सुदूरपश्चिमको समग्र खेलकुदको विकासका लागि कोसेढुङ्गाको रूपका रहेको राष्ट्रिय प्रतियोगितालाई सफल पार्न राखेपले आजैदेखि कदम उठाउन जरुरी भइसकेको छ ।

साताको खेलाडी
केभिन ओ ब्राइन
विश्वकप क्रिकेटको दसौँ संस्करणमा विभिन्न कीर्तिमान बन्ने क्रम जारी रहेको छ । त्यसमा आयरल्यान्डका खेलाडी केभिन ओ ब्राइनले विस्फोटक ब्याटिङ गर्दै विश्वकपमा नौलो कीर्तिमान कायम गरेका छन् । ब्राइनले पचास बलमा सय रन बनाएर यो कीर्तिमान कायम गरेका हुन् । इंग्ल्यान्डविरुद्धको लिग चरण खेलमा ब्राइनले यो अद्भूत प्रदर्शन गरेेका हुन् । इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्दै आयरल्यान्डका सामु तीन सय २९ रनको विजय लक्ष्य राखेको थियो । पहाडजस्तो लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डका पाँच खेलाडी एक सय ११ रनमा पेभेलियन फर्किएको अवस्थामा केभिनले आयरल्यान्डको कमान सम्हालेका थिए । त्यसपछि ब्राइनले विस्फोटक ब्याटिङको प्रदर्शन गर्दै ६३ बलमा एक सय १३ रन बनाएका थिए । उनको यही विस्फोटक पारीको मद्दतले आयरल्यान्डले इंग्ल्यान्डमाथि विजयसमेत पाएको थियो । आयरल्यान्डको दसौँ विश्वकपमा यो पहिलो जित हो । यसअघि सन् २००७ मा दक्षिण अफि्रकामा सम्पन्न भएको नवौँ विश्वकप क्रिकेटमा अस्ट्रेलियाका खेलाडी म्याथ्यु हेडनले ६६ बलमा सय रन हानेर विश्वकीर्तिमान बनाएका थिए । ब्राइनले आफ्नो विस्फोटक शतकीय पारीमा ६ छक्का र १३ चौका हिर्काएका थिए । ब्राइन यो खेलमा दोस्रो रन लिन खोज्दा रनआउट भएका थिए ।

विश्वकपमा डबल ह्याट्रिक
दसौं विश्वकप क्रिकेट प्रतियोगितामा अहिलेसम्म दुईवटा ह्याट्रिक भएका छन् । यो विश्वकपमा पहिलो ह्याट्रिक गर्ने सौभाग्य वेष्टइण्डिजका फास्ट बलर केमारो रोजलाई प्राप्त भएको छ । रोजले नेदरल्यान्डका पुछारका तीन ब्याट्सम्यानलाई लगातार आउट गरेर ह्याट्रिक गर्न सफल भएका थिए । रोजले यो खेलमा एक्लैले ६ विकेट लिएका थिए । उनको यही प्रभावशाली प्रदर्शनका अगाडि नेदरल्यान्ड निरीह सावित भएको थियो । नेदरल्यान्ड यो प्रतियोगितामा वेष्टइण्डिजसँग दुई सय १५ रनले पराजित भएको थियो । म्यान अफ दि म्याचको पुरस्कार रोजले पाएका थिए ।
त्यस्तै दोस्रो ह्याट्रिक श्रीलंकाका फास्ट बलर लासिथ मालिङ्गाले गरेका थिए । मालिङ्गाले केन्याविरुद्धको खेलमा यो सफलता हात पारेका थिए । मालिङ्गाले पनि केन्याका पुछारका व्याट्म्यानलाई लगातार आउट गर्दै विश्वकपको इतिहासकमा डबल ह्याट्रिक गरेका थिए । उनले यसभन्दा अघि सन् २००७ मा आयोजना भएको विश्वकपमा दक्षिण अफि्रकाविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए । विश्वकपको इतिहासमा डबल ह्याट्रिक गर्ने मालिङ्गा पहिलो खेलाडी बन्न सफल भएका छन् । यसभन्दा अघि सन् १९८७ मा भारतका चेतन शर्मा, १९९९ मा पाकिस्तानका सक्लेन मुस्ताक, २००३ मा अस्टे्रलियाका बे्रट लि र श्रीलंकाका चामिण्डा भासले विश्वकप क्रिकेटमा ह्याट्रिक गरेका थिए ।

साताकै सनसनीपूर्ण खेल
विश्वकप क्रिकेटअन्तर्गत इंग्ल्यान्ड र दक्षिण अफि्रकाबीच भएको खेल निकै सनसनीपूर्ण मानिएको छ । क्रिकेटका दुई महाशक्तिबीच भएको उक्त प्रतियोगिता निकै सनसनीपूर्ण र रोमाञ्चक बनेको थियो । पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले एक सय ७१ रनको मध्यम स्कोर खडा गरेको थियो । विश्वकपको प्रमुख दाबेदारको रूपमा रहेको दक्षिण अफि्रकाले यो लक्ष्य सहजै प्राप्त गर्ने अड्कल काटिएको थियो । तर, सबै अड्कल र अनुमानलाई गलत सावित गर्दै इंग्ल्यान्डले दक्षिण अफि्रकालाई ६ रनले पराजित गरेर क्रिकेटलाई साँच्चिकै ‘फनी’ गेमको रूपमा परिणत गरिदिएको छ । एक सय ७२ रनको विजय लक्ष्य पाएको दक्षिण अफि्रकाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा पराजयको मुख देख्नुपरेको थियो । दक्षिण अफि्रका एक सय ६५ रनमा अलआउट भएको थियो ।
विश्वकपको दसौँ संस्करणमा इंग्ल्यान्ड सनसनी टिम भएको क्रिकेटका विज्ञहरूले बताएका छन् । पहिलो खेलदेखि सनसनीपूर्ण प्रदर्शन गर्दै आएको इंग्ल्यान्डले दक्षिण अफि्रकासँगको भिडन्तसम्म सनसनी खेलको प्रदर्शन गर्दै आएको छ । इंग्ल्यान्डविरुद्ध नेदरल्यान्डले दुई सय ९२ रन बनाउनु, भारतविरुद्ध तीन सय ३८ रन बनाएर र्टाई गर्नु, आयरल्यान्डविरुद्ध तीन सय २८ रन बनाएर पनि पराजित हुनु र दक्षिण अफि्रकाविरुद्ध दुई सय ७१ बनाएर पनि विजयी हुनुले इंग्ल्यान्डको खेलको बारेमा कसैले अनुमान लगाउन सकेका छैनन् । यदि भविष्यमा पनि इंग्ल्यान्डको यस्तै प्रदर्शन रहने हो क्रिकेटमा जे पनि हुनसक्छ भने झैं इंग्ल्यान्डले आउँदा खेलहरूमा अरू टिमहरूप्रति पनि हावी नहोला भन्न सकिँदैन ।