नेपालका स्कुललाई अष्ट्रेलियाबाट सहयोग

नेपालका स्कुललाई अष्ट्रेलियाबाट सहयोग


– राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

एनआरएनए अस्ट्रेलिया एनएसडब्लुएनसीसीले नेपालमा सात प्रदेशका एक–एक गरी सात विद्यालयलाई सहयोग गर्ने उद्देश्यले ‘स्कुल सपोर्ट गाला डिनर २०१८’ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालमा रहेका विद्यार्थीहरूले राम्रो शिक्षा तथा राम्रा सुविधा पाउन योग्य छन् भन्ने नारा साथ आयोजना गर्न लागिएको उक्त गाला डिनर मे २६ शनिबार साँझ ६ बजे देखि इन्द्रेणी फङ्सन सेन्टर रक्डेल सिड्नीमा आयोजना गर्न लागिएको हो ।

‘आन्तरिक छलफलका क्रममा १० बिद्यालयका नाम प्रस्तावित छन्, तीमध्येबाट सात प्रदेशका ७ विद्यालय छनोट गरिने छ’, एनएसडब्लुएनसीसीका सहसचिव सरोज पाण्डेल भने, ‘जुन विद्यालयलाई धेरै सहयोगको आवश्यकता छ त्यसकै आधारमा छनोट गरिने छ ।’

अस्ट्रेलियामा रहेका नेपाली कलाकारहरूको बेजोड प्रस्तुति तथा संस्कृतिक कार्यक्रमहरूको साथमा आयोजना हुने उक्त गाला डिनरमा एनएसडब्लुमा रहेका उत्कृस्ट विद्याार्थीहरूलाई पुरस्कृत समेत गरिने आयोजकले बताएको छ । अस्ट्रेलियामा रहेका दोश्रो पुस्तालाई पनि समुदायसँग जोड्नका निम्ति उत्कृष्ट अंक प्राप्त गर्ने दोश्रो पुस्ताका नानीबाबुहरूलाई समेत ट्रफी तथा प्रमाण पत्रद्वारा सम्मान गरिने पाण्डेले बताए ।

‘छनोट गरिएको विद्यालयमा विद्यार्थीहरूलाई छात्रवृत्ति, कापीकलम तथा भौतिक पूर्वाधारको विकासका लागि सहयोग गरिने छ ।

नम्बर १ पेस्ट कन्ट्रोल टाइटल स्पोन्सर रहेको उक्त कार्यक्रमका लागि एनआरएनए अस्ट्रेलिया एनएसडब्लु युथ फोरम, तारा पाण्डे लाइसन्ड कन्भियन्सर लगायतको सहकार्य रहेको छ । अस्ट्रेलियामा रहेका विभिन्न संघ संस्था तथा त्यसका सदस्यहरू, सामाजिक व्यक्ति तथा ब्यवसायीहरूलाई यो अभियानमा साथ दिनका लागि आयोजकले आग्रह गरेको छ ।