‘तेल भिषा’ होस् वा ‘थाङ्ने भिषा’ : सोचअनुसारको नामाकरण

197 Shares

– आचार्य प्रभा

भर्खरै मात्र बबिता बस्नेतज्युले ‘तेल भिषा लाग्यो रे’ ‘भन्ने लेख लेख्नुभएको पढ्न पाइयो । यस्ता अनौठा विषयहरूमा यथार्थ लेखहरू पढ्न पाउनु खुशीको कुरा हो । मैले पनि मेरै साथीको मुखबाट सुनेकी थिएँ– ‘अँ…तिनीहरू जाँदैछन् रे फलानो ठाउँ थाङ्ने भिषामा ।’ सुन्नासाथ एकप्रकारले त मलाई अचम्म र हाँसउठ्दो पनि लाग्यो र सोंचेँ– ‘ठ्याक्कै कस्तो नाम जुराएर यस्तो भनेका होलान् ? हुन पनि एक अर्थले त ठिकै पनि हो, तर यही वाक्यलाई मान्छेहरूले हाँसोको रुपमा उडाएको सुन्दा भने यस्तो लाग्छ कि मान्छेहरू किन हर कुरालाई नकारात्मक र हँसिमजाकको विषय बनाउँछन् ? जुनै कुराको पनि सकारात्मक पक्ष त पक्कै हुन्छन् नि ।’

अब कुरा गरौँ यो भिषाको बारेमा । म पनि अहिले अमेरिकाबाट अष्ट्रेलियामा कान्छी छोरीकोमा आएकी छु । यहाँहरूले सम्झिनु होला ‘तेल भिषा या थाङ्न भिषा‘ त्यही अर्थमा भन्नु पर्दा कामरकर्तब्य‘उही‘ नै बुझिन्छ । तर भाग्यवश मलाई भने ती दुवै उपनामको भिषा हानीराख्नु पर्दैन । कारण, अमेरिकाको पासपोर्ट भएपछि अन्य देशले पत्याउँदा रहेछन् र अहिले म यहाँ छु ।

खास भन्नु पर्दा आमा हुनुको अर्थ अनि सन्तानको माया यी कुराहरू पनि यो बिषयमा जोडिन आउँछ । कसलाई आफ्नो सन्तानको माया लाग्दैन ? देखुँ–भेटुँ त आमा–बाबुलाई त्यसै पनि लागिरहन्छ आफ्ना सन्तानलाई्र र म पनि आज कान्छी छोरी–ज्वाईंसँग छु– कान्छी छोरीबाट नातिनी भएकीले ।

बबिताजीले कति सरल र सटिक तरिकाले दुई पक्षकै वकालत गरेर लेख्नुभएको छ उक्त लेख । हरेक पत्रकार, लेखक वा जोसुकैले पनि कुनै कुरालाई सार्वजनिक गर्दा सबै पक्षलाई विचार पुर्याएर गर्नुपर्छ । वहाँको लेखमा यस्तोसम्म भनाई छ कि कतिपय सन्तानले अमेरिकामा बोलाएका अभिभावकलाई एकछिन बच्चा रुँदा ‘बच्चालाई यसरी रुवाउने भए तपाईंको के काम ? यही बच्चाको लागि त यत्रो पैसा खर्च गरेर बोलाएको’ भनेको पनि पाइयो । सायद यो सत्य घटना पनि हुन सक्छ जो दरिद्र दिमागका छन् अनि नेपालदेखि नै त्यस्तै संस्कार बोकेर अहङ्कारी भावना पालेर विदेश भित्रिए र जसले आफूभन्दा ठुलाबडाको आदर–सम्मान गर्न जानेका हुँदैनन् । त्यस्ताहरू जुनसुकै ठाउँमा पुगुन् या आफ्नै माटोमा बसुन् यस्तै निच ब्यवहार त गर्छन् नै ।

हो, त्यस्तै अभिभावकमध्येका म पनि एउटा जिउँदोजाग्दो उदाहरण हुँ, तर मैले भोगेको र देखेको अनुसार यस्तो क्रुर व्यवहार र आमाबाबुप्रतिको अपमान देख्नु खेप्नु परेन अमेरिकामा न अष्ट्रेलियामा नै । तर हाम्रो नेपालमा भने यसरी आमा–बुवालाई बिदेश बोलाइने भिषालाई नकारात्मक दृष्टिले हेरिनु र सोंच राख्नु चाहिँ यस्ता केही सन्तानहरूका अहमपना, निर्दयीपन र स्वार्थी व्यवहारको कारणले हुन सक्छ । केही मान्छेहरू नेपालभित्रै बसेर अनेक अड्कलबाजी लाउँछन् र नाम जुराइदिन्छन् ‘थाङ्ने भिषा’, ‘तेल भिषा’ । तर सुन्दा यस्तो हाँसो उठेर आउँछ कि कठै ! केही हाम्रा मान्छेहरू अझै धर्तीमै बसेर स्वर्गको कुरा देख्छन् ।

विदेशमा न सुत्केरी भएर कुनामा तेल लाउँदै बच्चाकी आमा बसोस् न नानीहरूलाई पुरानो साडीको थांग्नामा गुट्मुटाओस् । अड्कलको भरमा गफ लाउँछन् केही जानिफकारहरू, तर सत्य भन्नुपर्दा विशेषतः आमाहरूलाई बोलाउनुको अर्थ आजभोलिका युवाजोडी पहिलो बच्चा जन्मिँदासम्म परिपक्व हुँदैनन् र उनीहरूलाई शुरुमा नानीलाई कसरी स्याहार गर्ने ? कुन तरहले हुर्काउने ? भन्ने पिरले पनि आफ्ना आमाहरूलाई सम्झिन्छन् ।

विदेशमा न सुत्केरी भएर कुनामा तेल लाउँदै बच्चाकी आमा बसोस् न नानीहरूलाई पुरानो साडीको थांग्नामा गुट्मुटाओस् । अड्कलको भरमा गफ लाउँछन् केही जानिफकारहरू, तर सत्य भन्नुपर्दा विशेषतः आमाहरूलाई बोलाउनुको अर्थ आजभोलिका युवाजोडी पहिलो बच्चा जन्मिँदासम्म परिपक्व हुँदैनन् र उनीहरूलाई शुरुमा नानीलाई कसरी स्याहार गर्ने ? कुन तरहले हुर्काउने ? भन्ने पिरले पनि आफ्ना आमाहरूलाई सम्झिन्छन् । ‘आमा–बुबा दुबैलाई एकै साथ ल्याउँ न, बुढेसकालमा किन अलग्याउने ?’ भन्ने पनि सोंच हुन्छ र केही आमाहरू एक्लै विदेश यात्रा गर्न असक्षम पनि हुन्छन्, त्यही कारणले यो समयमा बोलाउँदा यस्तो उपनामको भिषा पाएको ठान्छन् कोही–कोही ।

अब अर्को कुरो आयो विदेशमा आमाबाबुलाई बोलाएर आफ्ना सन्तानले गर्ने ब्यवहार । यस विषयमा भन्नुपर्दा कस्ता अभिभावकहरूलाई अलिक यस्तो संकट आईपर्ला ? कहिल्यै विदेश नआएका अर्थात पहिलोपटक विदेशमा आउँदा पहिलो कुरा त सबै कुरा नै फरक लाग्छ । त्यस्ताहरूमा अलिक अन्जानपन हुन्छ । जो अनपढ बुवाआमाहरू हुन्छन् उनीहरूलाई हरेक कुरामा अप्ठ्यारो स्थितिको सामना गर्नु पर्दछ्र । पढेलेखेका अनि आधुनिक समयले भेटिइसकेका र प्राविधिक कुराहरूसँग नजिक भएकाहरूलाई त आँखाले नदेखे पनि केवल इन्टरनेट मार्फत अनुभूत गर्ने मौका पाएका हुन्छन् र त्यती छक्क पर्नुपर्ने स्थिति आउँछ जस्तो लाग्दैन । यसैले भन्न सकिन्छ कि आफ्ना आमाबुवालाई गर्ने ब्यवहार पनि उनीहरूको आफ्नो संस्कार, अशिक्षा, अनजानपनको कारणले पनि केही असर पारेको हुन्छ ।

जस्तै भनौं न कुनै एक परिवारको आमा–बुवा अलिक गाउँमा बसोबास गरेका हुन्छन् । पढेलेखेका हुँदैनन्, तर भाग्यवश उनीहरूले कुनै देश जाने अवसर पाए । आफ्नो सन्तानले बोलाउने उद्देश्य त दुवैथरी हुन्छन्, १) आमाबुवालाई विदेश घुमाउने पनि, र २) आफ्नो सन्तानको रेखदेख, सुरक्षा र आफ्ना हजुरबा–हजुरआमासँग सामिप्यताको अवसर जुटाउने, ताकि हुर्किएपछि पनि बिदेशमा जन्मिएको सन्तानले चिनुन्, ,पता–पुर्खा पहिल्याउन् । यही बेलामा आफ्नो आमा–बुवालाई छोरारबुहारीले या छोरीज्वाईंले गर्ने ब्यवहारमा भने फरक पर्ला, । जस्तै, मैले माथि भनीसकेँ अनपढ र अनजान बुवाआमा ।

यस्ता आमा–बुवालाई भने केही अप्ठ्यारो पक्कै पर्ला, किनकि उनीहरू विदेशी खुवाई–लवाई र विदेशी जिन्दगीदेखि अपरिचित हुन्छन्, उनीहरूलाई हरेक कुरा सम्झाइरहनु पर्छ्र, विदेशमा घडीको काँटाअनुसार चल्नुपर्छ । एउटा कुरा नै बारम्बार सम्झाइराख्नु पर्ने बाध्यता हुन्छ, यस्तो बेला पनि केही सन्तान अलिक दिक्क मान्ने हुन्छन् । कतिले त आत्मसात गर्छन् कि यस्तै हो भर्खर विदेश आएका बुढाबुढी मान्छे, पढेलेखेका छैनन्, एकपटक भनेको बुझ्दैनन् भनेर । र, कतिपय कुराहरू भरसक सम्झाउनेतिर नै लाग्छन् । तर यस्तो ब्यवहार गर्ने आफ्ना सन्तानहरू पनि उनीहरूको बानी–ब्यवहार र चरित्रमा भरपर्छ कुनै सन्की हुन्छन्, कुनै सहनशील र आमा–बाबुलाई आदर गर्ने स्वभावका हुन्छन् । यसैले सन्तानको आफ्नो बानीबाट पनि आफ्ना बुवा–आमालाई गर्ने ब्यवहारमा भरपर्छ । उसो त सबैले छुद्र ब्यवहार नै गर्छन् भन्ने पनि छैन ।

नेपालमा धेरैजसो लोग्नेमान्छेहरू एक ग्लास पानी पनि सारेर नखाने प्रवृत्तिका हुन्छन् र सासु तथा आमाहरूपनि छोरी–बुहारीकै हात पर्खेर बस्ने प्रवृत्तिका हुन्छन् । यस प्रकारको प्रवृत्तिले पनि पारिवारिक अनमेल हुन जान्छ, विदेशमा । आफ्नो घरमा जस्तो अरुले दिएर खाने, अरुको बाटो हेर्ने चलन नभएर पनि होला आफ्नो देशबाट विदेश पस्दा पनि यस्तै ब्यवहार खोज्दा पनि दुवैतर्फीमा अप्ठ्यारोपन आउन सक्छ ।

अर्को कुरा रह्यो आफ्ना सन्तानबाट विदेशमा आमा–बाबुले प्रताडित हुनुपर्ने अवस्था । वहाँहरू पनि प्रायजसो आफ्नै एकोहोरो सोंचाईमा अडिग हुन खोज्नु अर्को असमझदारीको कारण हो । विशेष गरेर बुवाभन्दा पनि आमाहरू आफ्नै ढाँचा र आफ्नै रहनसहनमा चल्ने किसिमका हुन्छन् । कतिपय कुरामा आफ्नो घरको र विदेशको रीतिथिति मिल्दैन तर पनि वहाँहरू आफ्नै जिद्दीमा चल्न खोज्दा पनि परिवारमा असहजपन आउँछ र एकापसमा बेमेल हुने परिस्थिति आउँछ । त्यसैले नआउनु आएपछि आफुलाई अलिकति त फरक ढाँचामा ढाल्न सक्नुपर्छ ताकि परिवारमा सबैलाई सहज होस् । त्यस्तै, अर्को मुख्य कारण विदेशमा छोरा–बुहारी वा छोरी–ज्वाइँसँग मनमुटाव हुने कारण नेपालमा धेरैजसो लोग्नेमान्छेहरू एक ग्लास पानी पनि सारेर नखाने प्रवृत्तिका हुन्छन् र सासु तथा आमाहरूपनि छोरी–बुहारीकै हात पर्खेर बस्ने प्रवृत्तिका हुन्छन् । यस प्रकारको प्रवृत्तिले पनि पारिवारिक अनमेल हुन जान्छ, विदेशमा । आफ्नो घरमा जस्तो अरुले दिएर खाने, अरुको बाटो हेर्ने चलन नभएर पनि होला आफ्नो देशबाट विदेश पस्दा पनि यस्तै ब्यवहार खोज्दा पनि दुवैतर्फीमा अप्ठ्यारोपन आउन सक्छ । तर जब पछि बुझ्दै गएपछि केही त परिवर्तन आउँछ पनि, तर कसैले भने आफ्नो बानी छाड्दैनन् र समस्या जहाँको तहीँ हुन्छ ।

हो, यस्ता झिनामसिना कुराहरूले नै दुई सम्बन्धबीच बिदेशमा फाटो आउन सक्छ । तर यो पनि मेरो केवल अनुमान मात्र हो । मान्छे जहाँ गए पनि आफ्नो बानी छाड्न सक्दैन भन्छन् । त्यसैले आ–आफ्ना बानी हामी सबैले लिएर आएकै हुन्छौँ, जहाँ गए पनि । यस्ता ब्यवहार बिदेशमा मात्र नभएर स्वदेशमा पनि हर परिवारको निम्ति नुन–तरकारीझैं सर्वत्र अनिवार्य भएकै हुन्छ । यस्तो कुरा बाहिर आउनुमा पनि कुरौटे महिलाहरूले फुक्दै हिँड्ने बानीले फैलिएको हुन सक्छ । मैले पनि यहाँ (अष्ट्रेलिया) आएर एक–दुई इन्डियन महिला पार्कमा चक्कर लाउँदै फोनमा घन्टौं सासुको र बुहारीको कुरा कसैलाई फुकिरहेको सुनेँ तर अमेरिकामा यस्तो सुन्ने मौका पाइनँ, सायद संगत नभएर पनि होला ।

यहाँ म आफ्नै अनुभव पोख्छु । लगभग अमेरिकाको कोलोराडोमा १२ वर्ष बसेँ । मैले धेरै आमा–बुवाहरू आफ्ना सन्तानसँग निक्कै समय बिताएको पाएँ । तर अहँ… कहिल्यै कसैको मुखबाट यस्तो गुनासो सुन्न परेन । हुन त जहाँ होस् परिवारमा सानातिना कुराहरूको कारणले मनमुटाव त हुन्छ नै तर यसरी विदेशमा आएर आफ्ना सन्तानबाट प्रताडित भएको गुनासो सुन्ने मौका मिलेन । तर अहिले म अष्ट्रेलियामा छु, यहाँ चाहिँ केहीका मुखबाट यस्तो कुरा सुनेँ ।

मेरा दुईजना साथीहरू पनि यहाँ उसरी नै आएका रहेछन् तर उनीहरू भने पढेलेखेका नेपालमा पनि सरकारी जागिर खाएकाहरू । उनीहरूका भनाई अनुसार यहाँ धेरै त्यस्ता पीडित आमाहरू छन् जो छोरा–बुहारीकोमा आएकाहरू यस्तै समस्याको कारण गुनासो पोख्छन् भनेको सुनेँ र ती साथीहरूले त महिलाहरूको एउटा समूह बनाएर नाँच्ने–गाउने र अन्य एक्टिभिटिजहरू पार्कको भेटघाटमा गर्ने गरेका रहेछन् । उनीहरूका अनुसार पार्कमा भेला भए सासु–आमाहरू आफ्ना सन्तानका विषयमा एकार्कामा गुनासो पोखेर कुरा गरे उनीहरूको समय व्यतित हुँदोरहेछ । यसरी अन्य कृयाकलापमा संलग्न गराउँदा त्यस्ता कुरा काट्ने समय नहोस् भनेर हामीले यस्तो गर्ने गरेका छौँ भन्थे उनीहरू ।

तर त्यस्ता प्रवृत्तिका अभिभावकहरू सायद अलिक अशिक्षितहरू नै हुन सक्छन्, कारण उनीहरू अनजान हुन्छन् । सोंच पनि उनीहरूको पुरानै हुन्छ । घरमा जस्तो बुहारीले स्याहार गर्नुपर्ने, बुहारीले पकाएर खुवाउनुपर्ने अनि बुहारीले सबैको मान–मर्यादा राख्नुपर्ने यस्तो ब्यवहार चाहन्छन्, जुन विदेशको बसाइमा असम्भव छ । जहाँ आफुलाई समयको पावन्दीमा राखेर अर्काको काम गर्न हर समय तयार हुनुपर्छ, अनि कहाँबाट परिवारको सेवा सुशुश्रामा लाग्ने ? यस्ता यस्ता परिस्थितिले पनि विदेशमा बस्ने सन्तानहरूको बद्नाम भएको हुन सक्छ । तर सबै उस्तै हुँदैनन्, कोही–कोही हुन पनि सक्छन् विदेशको भूमि टेक्नासाथ आफुलाई विदेशी रहनसहनमा अनुवाद गरेर आफ्नो संस्कार, रितिथिति, नाता, सम्बन्ध र कर्तब्य बिर्सने पनि ।

उहिल्यै श्रवण कुमारले आमा–बाबालाई काँधमा झुन्ड्याएर–बोकेर तिर्थयात्रा गरेका थिए भने अहिलेका सन्तानले पनि आमा–बाबुलाई विदेश घुमाउन सक्नु या पाउनु आधुनिक श्रवण कुमार बन्नु हो । तर जुन समय होस्, जहाँ होस् जसले पनि समय र परिस्थिति अनुसार चल्न सक्नुपर्छ । अनि सन्तानले पनि आफ्ना आमा–बाबुप्रतिको सोंच–व्यवहारमा परिवर्तित हुनु हुँदैन ।

अब रह्यो भिषाको कुरा । बबिताजीले तेल भिषाको कुरा लेख्नु भयो । मैले भने थाङ्ने भिषा भनेर सुनेकी थिएँ । चाहे जुनसुकै भिषा होस्, आफ्ना छोराछोरीलाई सक्षम बनाएर अर्थात उनीहरूको आफ्नो परिश्रमले विदेश पढ्ने अवसर पाएर गएका हुन्छन् । त्यो सबै परिवारमा सम्भव हुन्न पनि । जो गए उनीहरूका अभिभावकले विदेश जाने अवसर पाए । तर अमेरिकामा भने सबैले पाउँछन् भन्ने ग्यारेण्टी पनि छैन र छोराछोरी भेट्न जानुमा यी तेल भिषा र थाङ्ने भिषा मात्र कारण पनि हुन्नन् । जब विद्यार्थीले ग्र्याजुएशन गर्छन्, त्यो समय पनि आफ्ना अभिभावकलाई बोलाउन पाउँछन् । अनि उक्त ठाउँकै स्थायी बसोबास पाएकाहरूले पनि आफ्ना अभिभावक बोलाउन पाउँछन् । तर भिषा पाउनु–नपाउनु उनीहरूको भाग्य चिट्ठा पनि हुन सक्छ । त्यसैले आफ्नो आमा–बाबु विदेश बोलाउने माध्यम तेल भिषा र थाङ्ने भिषा मात्र छैनन् अन्य बाटाहरू पनि छन् ।

चाहे तेल भिषा होस् या थाङ्ने भिषा, आफ्ना अभिभावकलाई बोलाएर बिदेश घुमाउन सक्नु पनि छोराछोरीको भाग्यको कुरा हो । उहिल्यै श्रवण कुमारले आमा–बाबालाई काँधमा झुन्ड्याएर–बोकेर तिर्थयात्रा गरेका थिए भने अहिलेका सन्तानले पनि आमा–बाबुलाई विदेश घुमाउन सक्नु या पाउनु आधुनिक श्रवण कुमार बन्नु हो । तर जुन समय होस्, जहाँ होस् जसले पनि समय र परिस्थिति अनुसार चल्न सक्नुपर्छ । अनि सन्तानले पनि आफ्ना आमा–बाबुप्रतिको सोंच–व्यवहारमा परिवर्तित हुनु हुँदैन । आमाबाबु पनि सन्तानप्रतिको अगाध मायाले डोर्याएर विदेशसम्म तानिएका हुन्छन् र सन्तानले पनि आफ्ना बाबु–आमालाई स्वार्थले मात्र बोलाएका हुँदैनन् । कसैले पनि अनर्थ लाउनु र सुन्नु स्वाभाविक हो, तर जे सुनिएका छन् त्यस्ता ब्यवहार नहोला भन्न पनि सकिन्न र सुनिएका त्यस्ता अभद्र ब्यवहार साँच्चै हो नै भन्ने किटान गर्न पनि सकिन्न ।

समग्रमा भन्नु पर्दा तेल भिषा–थाङ्ने भिषा नेपालमा बस्नेले उपनाम दिए पनि अहिलेको आधुनिक समय त्यसमाथि विदेशमा…, सुत्केरी भएँ भनेर को तेल लाउँदै कुनामा बस्ने ? नानी जन्मिएको तीन दिनदेखि हाजिर बजाउन थाल्छन्, नत्र मुखमा माड पस्न मुस्किल पर्छ । र, विदेशमा जन्मिएका नानीहरूले कहाँ थाङ्ना पाउनु ? आमाले सुति साडी लाओस् न बच्चाले भेट्नु ? आधुनिक आमा त्यहि पनि विदेशमा भरसक सजिलोको लागि एउटा लिँडे हाफपेन्ट लाएर दौडिन्छन् । त्यसैले यो अड्कल काटेर चिना नबनाई तेल भिषा र थाङ्ने भिषा नामकरण गरिदिने पण्डितहरूले पनि एकपटक विदेश पसेर, देखेर, भोगेर, चाखेर गएदेखि सायद आफुलाई पण्डितको सूचीबाट हटाउने थिए कि ?

यो पनि हेर्नुहोस्-

‘तेल भिसा’ लाग्यो रे नि…
http://www.ghatanarabichar.com/97026

197 Shares

प्रतिक्रिया