ओली र प्रचण्डबीच फेरि एक्लाएक्लै ‘गम्भीर’ छलफल

ओली र प्रचण्डबीच फेरि एक्लाएक्लै ‘गम्भीर’ छलफल


दुई कम्युनिष्ट पार्टी एकताको चर्चा सुनेर जनता दिक्क र निराश बनेका भएपनि सम्बन्धित नेताहरुले वार्ता गर्न भने छोडेका छैनन् । छिट्टै एकता टुंगिने दाबी गर्दै नेताहरुले गत असोजदेखि नै आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै आएका हुन् । तर, यो सन्दर्भ नै झर्कोलाग्दो र रहश्यपूर्ण बन्न पुगेको छ ।

यसै परिवेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने भन्दै दुवै पार्टीका अध्यक्षबीच आज पनि वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता सदाझैँ गम्भीर रुपले भएको दाबी गरिएको छ ।

पार्टी एकीकरणका विषयमा दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको र एकताको विषय सकारात्मक रुपमा अगाडि बढेको सम्बद्ध पक्षको भनाई छ । आजको छलफलको ठोस उपलब्धि या निचोड भने खुलाइएको छैन । ज्ञातव्य छ, भोली आइतबारका लागि तोकिएको एकताको मिति अलपत्र परिसकेको छ ।