निजी विद्यालय छाडेर सरकारीमा जाँदै नाम चलेका बोर्डिङका विद्यार्थी

निजी विद्यालय छाडेर सरकारीमा जाँदै नाम चलेका बोर्डिङका विद्यार्थी


चन्द्रकान्त खनाल/रुपन्देही

निजी विद्याालय छाडेर सामुदायिक विद्याालयमा भर्ना हुने क्रम बढ्दै गएपछि बुटबलको एक सामुदायिक विद्यालयले विद्यार्थीको चाप धान्न नसक्ने अवस्था निम्तिएको छ । बुटवलस्थित कालिका मानवज्ञान माविले नयाँ भर्नाको लागि लिन थालेको प्रवेश परीक्षामा मागको संख्या भन्दा तेब्बर बढीले भर्नाका लागि आवेदन दिएका छन् ।

शुक्रबार १ हजार २ सय विद्याार्थी विद्याार्थी थप गर्ने गरी लिइएको प्रवेश परीक्षामा ३ हजार १ सय ४३ जना सहभागी भएको विद्याालयका प्रधानध्यापक घनश्याम पाठकले बताए । यिनमा निजी स्कूल छाडेर आउने बढी छन् । यहाँ नाम चलेका न्यू होराइजन, एभरेष्ट, दीप, बुटवल पब्लिक लगायत विभिन्न निजी स्कूल छाडेर विद्याार्थीहरू कालिकामा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी भएका हुन् । विद्याालयले वैशाख १ गतेदेखि ६ गतेसम्म फर्म वितरण गरेको थियो । जहाँ विद्याार्थी र अभिभावकले गर्दा विद्याालय महोत्सवजस्तै देखिन्थ्यो ।

हालै मानवज्ञान र कालिका समायोजन भएर कालिका मानवज्ञान भएका हुन् । जसमध्ये साविक कालिकालाई ‘सेक्टर वान’ र साविक मानवज्ञानलाई ‘सेक्टर टू’ भनेर सञ्चालन गरिने छ । पाठकले सेक्टर ‘वान’ मा ७ सय र सेक्टर ‘टू’ मा ५ सय विद्याार्थी यस वर्ष भर्ना गरिने बताए । पाठकले भने, ‘गत वर्ष ६ सय कोटामा २ हजार २६ जनाले प्रबेश परीक्षामा भाग लिएका थिए ।

अहिले त्यो संख्या बढेर ३ हजार नाघ्यो । अहिले कालिमामा ४ हजार ३ सय ९७ विद्याार्थी अध्ययनरत छन् । विद्यालयले १ हजार २ सय विद्याार्थी थप गरेर ५ हजार ५ सय विद्याार्थी पुर्याई देशकै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्याालय बनाउने तयारी गरेको पाठकले बताए । विद्याालयले कक्षा ६ देखि ८ कक्षासम्म गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयको प्रवेश परीक्षा लिन्छ भने । कक्षा १ देखि पाँचसम्म गणित, अंग्रेजी र नेपाली विषयको परीक्षा लिँदै आएको छ ।

उक्त विद्यालयमा चिकित्सक अधिकृत तथा सरकारी कर्मचारीको बढी आकर्षण देखिएको छ । रुपन्देहीमा शान्ति नमूना, कान्ति र नवीन औद्योगिक विद्याालयमा पनि विद्यार्थीको चाप अत्याधिक रहेको बुझिएको छ ।