आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा

आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक शुक्रबार प्रहरी खोरमा पुगेका छन् ।

अभियुक्तमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।

वैशाख ६ गते साँझ ७ः३० बजे दुवै जनाले मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको प्रहरी नायब उपरीक्षक डा दाहालले बताए ।