विमानस्थलले अवरोध गरेको भन्दै कांग्रेस बैठक स्थगित

विमानस्थलले अवरोध गरेको भन्दै कांग्रेस बैठक स्थगित


आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार अर्को बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि तोकिएको छ। गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीेका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएको थियो । त्यसपछि आज बिहान ११ बजेका लागि बैठक निर्धारण गरिएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय सदस्यहरु पार्टीका विभिन्न कार्यक्रमका लागि उपत्यका बाहिर छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले काठमाडौं उपत्यका बाहिर रहेका नेताहरु आज राजधानी आउन नसकेपछि बैठक स्थगित गर्नुपरेको बताइएको छ ।