ग्लोबल आईएमई र बेलायतको क्रसपेबीच रेमिट्यान्स कारोबार सम्झौता

ग्लोबल आईएमई र बेलायतको क्रसपेबीच रेमिट्यान्स कारोबार सम्झौता


ग्लोबल आईएमई बैंक र बेलायतस्थित क्रसपे (Crosspay) लिमिटेडबीच रेमिट्यान्स व्यापार कारोबारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि बेलायतस्थित मुख्य कार्यालय भएको क्रसपे लिमिटेड मार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा तथा नेपालभर रहेका ७५०० भन्दा बढि एजेन्टहरूमार्फत नगद भुक्तानी लिन तथा ग्लोबल आइएमई बैंकको खाातामा सिधै जम्मा गर्न सकिने सो बैंकले जनाएको छ । क्रसपे लिमिटेडका बेलायतस्थित शाखाहरूबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिने पनि बताइएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दे आइरहेको छ । ०७४ चैत्र मसान्तसम्म बैंकको १२२ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ सेवा रहेका छन् । सो बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइव र बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ भने बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको बताइएको छ ।