हतियार र गोलीगठ्ठासहित जोकर पक्राउ

हतियार र गोलीगठ्ठासहित जोकर पक्राउ


प्रहरी चौकी लेबट मकवानपुरका प्रहरी टोलीले हतियार र गोलीगट्ठासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुर हेटौडा उमनपा ३ स्थित पूर्व पश्चिम लोकमार्गको लेबट भन्ने स्थानमा प्रसनि बिगबहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गरिरहेको अवस्थामा प्रहरीको चेकिङ टोली देखी नेवारपानीतर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेको यात्रुवाहक सवारी साधनबाट तीनचार जना व्यक्ति पचास मिटर पर ओर्लिएर भाग्न थालेपछि प्रहरी टोलीले पिछा गरी एक जनालाई पक्रन सफल भएको हो ।

जम्बो चौताराका ३७ वर्षीय अनिल भन्ने जोकर मोक्तानलाई पक्रिएर खानतलास गर्दा निजले बोकेको झोलामा कटुवा पेस्तोल थान ३, नलकटुवा पेस्तोलमा फिट हुने गोली थान ११, ३०३ राईफलको गोली थान १, सुतली बम थान १, नेपाल प्रहरीको चुस्ता थान १ लगायतका विभिन्न सामाग्री फेला परेको प्रहरीको भनाई छ ।

अन्य व्यक्तिहरुको पहिचान भई खोज तलास कार्य भइरहेको, पक्राउ परेका जोकर मोक्तानका सम्बन्धमा थप अनुसन्धान तथा छानबिन भैरहेको साथै निजलाई मुलुकी ऐनको हातहतियार तथा खरखजाना ऐन २०१९ तथा बिष्फोटक पदार्थ ऐन २०१८ अनुसार सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नेतर्फ आवश्यक कारवाही भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।