१२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द

१२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द


बिहीबार राति मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिउँसो १२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएको छ ।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गर्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प भएको विमानस्थल प्रशासनले जनाएको छ ।

अन्तराष्ट्रिय उडान र अवतरण बन्द भएपछि विदेशबाट यात्रु लिएर आएका विमानहरु फर्किएका छन् । धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको विमान नहटाइएसम्म उडान अवतरण गराउन नसकिने विमानस्थलले जनाएको छ ।

विमानस्थलका एक अधिकारीका अनुसार दुर्घटनामा परेको मालिन्दो जहाजलाई नेपालमा भएको उपकरण र प्रविधिको प्रयोगबाट पन्छाउने काम भइरहेको र यदि नेपालको प्रविधिले नसेकमा भारतबाट उपकरण ल्याएर हटाउनुपर्नेछ ।

यता, विमानस्थलको अवरुद्ध आन्तरिक उडान भने शुरु भएको छ । विमान दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान प्रभावित भएका थिए । तर आन्तरिक उडान भने केहीबेर अघिदेखि शुरु भएको बुझिएको छ ।

 

र यो पनि पढ्नुहोस् ।

मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो