युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन

युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन


रमेश पौडेल एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा चयन भएका छन् । यसअघिका अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि बिहीबार बिहान सम्पन्न बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि उपाध्यक्ष समेत रहेका पौडेल नेतृत्वमा आएपछि संघको नेतृत्व आफूले पाउनुपर्ने भन्दै दावी गर्दै आएकी दिलु पन्तलाई पछाडि पारिएको हो ।

संघको उपाध्यक्षमा किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा रहेका छन् । यस्तै, संघको महासचिवको जिम्मेवारी यसअघिका सचिव नरेश शाहीलाई दिइएको छ ।