पछिल्ला तीन आर्थिक बर्षको बजेट वास्तविकता भन्दा बाहिर

पछिल्ला तीन आर्थिक बर्षको बजेट वास्तविकता भन्दा बाहिर


विश्व बैंकले नेपालको पछिल्ला तीन आर्थिक वर्षको बजेट बास्तविकता भन्दा बाहिर गएर निर्माण गरिएको बताएको छ । उसले संघीय सरकारका कारण वित्तीय दायित्व बढेर खर्चको दवाव बढ्ने बताउदै खर्चमा कटौती गर्न पनि सुझाएको छ ।

विश्व बैंकले ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्बजनिक गर्दै विश्व बैंकका अर्थशास्त्री दामिर कोशिकले हाल वित्तीय क्षेत्रमा देखिएको तरलताको अभाव र व्याज वृद्धि हुनु पछिल्लो तीन वर्षमा अवास्तविक तरिकाले बजेट निर्माण हुनु नै मुख्य कारक भएको बताए ।

विश्व बैंंकका अर्का अर्थशास्त्री सुद्युम्ना दाहालले भुकम्प र बाढीको क्षतिले कृषि उत्पादनमा आएको गिरावटले आर्थिक वृद्धिदर घटेको बताए । प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ ।

प्रतिवेदनमा बजेट घाटा कुल ग्रहस्था उत्पादनको ५ दशमलव ९ प्रतिशत पुगेको उल्लेख गरिएको छ । बैंकले आनवश्यक खर्च कटौती, पेन्सन प्रणली र सामाजिक सुरक्षा खर्च व्यवस्थापन गरे अर्थतन्त्र सहि दिशमा केन्द्रित हुने जनाएको छ । बैंकले पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा कमी, आयातमा वृद्धिले गर्दा समग्र शोधानान्तर स्थिति नै घाटामा गएको प्रतिवेदनमा जनाएको छ ।