खेलकुद शिक्षक संघमा पोखरेल

खेलकुद शिक्षक संघमा पोखरेल


विद्यालय खेलकुद शिक्षकहरूको भेलाले रविनकुमार पोखरेलको संयोजकत्वमा १३ सदस्यीय विद्यालय खेलकुद शिक्षक संघ गठन गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गतको नवगठित संघको सह–संयोजकमा विजेन्द्र श्रेष्ठ, सचिवमा हरिश डिसी, सह–सचिवमा सचिन लामा र कोषाध्यक्षमा सुनिता राजथला रहेका छन् । विवश घिमिरे, राजेश कुसी, प्रद्युम्न सिंह, सुमन तिमल्सिना, महेश पोखरेल, शंकर भुजेल, जयनरेश सिंह र दिनेश ठगुन्ना सदस्यमा चयन भए ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्व कार्यकारी निर्देशक डा. प्रकाश प्रधानलाई संरक्षकमा मनोनित गरिएको छ । त्यस्तै मधुकुमार चालिसे, दिपक निरौला, विरेन्द्र बोगटी, समिता खतिवडा, प्रतिमा सैंजु र रमेश खड्कालाई सल्लाहकारमा चयन भएका छन् ।

पदाधिकारीहरूलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बधाइ तथा कार्यकाल सफलताका शुभकामना दिएका थिए ।