विश्व सम्पदा पदमार्ग उत्सव सप्ताह

विश्व सम्पदा पदमार्ग उत्सव सप्ताह


प्रदेश नं ३ का भौतिक पूर्वाद्धार मन्त्री केशव स्थापितको मुख्य आतिथ्यमा विश्व सम्पदा साइक्लिङ प्रतियोगिता सम्पन्न भएको छ । उक्त साइक्लिङ प्रतियोगिताको आयोजना विश्व सम्पदा पदमार्गको जनचेतना दिनको लागि आयोजना गरिएको हो ।

विश्व सम्पदा पदमार्ग युनेस्को विश्व सम्पदा सूचीमा परेको हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू चैत्यसम्म साइक्लिङ गरिएको थियो । साथै पदमार्गमा विभिन्न खेलको आयोजना हुने पदमार्गका परिकल्पनाकार सांसद जीवनराम श्रेष्ठले बताएका छन् । प्राप्त जानकारीका अनुसार अव उक्त पद मार्गमा चेस, कबड्डी, ध्वाइँकासा, स्केटबोर्ड, डब्लु डब्लु वाइ (एकिडो) आदि खेलहरु खेलाइने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

विश्व सम्पदा पदमार्ग उत्सव सप्ताहको उपलक्ष्यमा वैशाख २ गते सरसफाइ, ३ गते लक्ष्मी साइकल सेन्टरको सहयोगमा साइकल ¥याली, ५ गते फोटो वाक गरियो भने आज ६ गते हुलाक टिकट प्रदर्शनी, ७ गते आर्ट वर्कशप र ८ गते हेरिटेज वाक हुने जनाइएको छ ।

हेरिटेज वाकको उद्घाटन हनुमानढोकामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गर्नुहुने र स्वयम्भूमा हुने मूल कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य आतिथ्यमा सम्पन्न गरिने छ ।