कांग्रेस संसदीय दलको सचेतकमा प्रखर नेतृ पुष्पा

कांग्रेस संसदीय दलको सचेतकमा प्रखर नेतृ पुष्पा


नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल मनोनयन हुनुभएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेता देउवाका निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो ।

जारी कांग्रेस कार्यसमिति बैठकमा निर्वाचनमा कांग्रेसले ब्यहोर्नुपरेको पराजयको विषयमा समीक्षा चलिरहेको तर बीचमै प्रभावशाली नेता खुमबहादुर खड्काको निधनलगत्तै सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरु मनोनयन गर्न लागेको सन्दर्भ चर्चामा छ । यही चर्चाबीच हिन्दुराष्ट्र महाअभियानका एक अभियन्ता प्रखर नेतृ भुषाललाई देउवाबाट सचेतकको जिम्मेवारीमा नियुक्त गरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।