खुला राष्ट्रिय पौडी जेठमा

खुला राष्ट्रिय पौडी जेठमा


नेपाल पौडी सङ्घको आयोजनामा २२औँ खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठ १८ र १९ गते हुने भएको छ । इन्डोनेसियामा हुने आसन्न १८औँ एसियाली खेलकुदका लागि खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।

प्रतियोगितामा पुरुष–महिलातर्फ ५०, १ सय र २ सय मिटर फ्रिस्टायल र ५० र १ सय मिटर वटरफ्लाई ब्रेस्टस्ट्रोक र ब्याकस्ट्रोक स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबैभन्दा बढी फिना अङ्कका आधारमा खेलाडी छनोट गरिने पौडी सङ्घले जनाएको छ ।

सोही प्रतियोगिता सँगसँगै उमेर समूहका प्रतिस्पर्धा पनि हुनेछन् । करिब तीन सय खेलाडी सहभागी हुने अनुमान गरिएको प्रतियोगिताका खेलहरू हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलको पौडीपोखरीमा हुनेछ ।