‘तेक्वान्दोको सेन्डिकेट तोड्ने कोइरालाको दाबी

‘तेक्वान्दोको सेन्डिकेट तोड्ने कोइरालाको दाबी


राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ तेक्वान्दो प्रशिक्षक मीनबहादुर थापा राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका छन् । थापाको नेतृत्वमा तेक्वान्दोका प्रशिक्षक तथा रेफ्रीको एक टोली पनि संघमा प्रवेश गरेकोछ । थापाको टोली नेपाल तेक्वान्दो संघ परित्याग गर्दै राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय तेक्वान्दो संघमा प्रबेश गर्ने टोलीमा राखेपका सहायक प्रशिक्षक तथा अन्तर्राष्ट्रिय सेकेन्ड क्लास रेफ्री मधुवनलाल सिंह, सहायक प्रशिक्षक फिरोज शाक्य, राखेपका सहायक प्रशिक्षक राकेश भोछिभोया, श्रीजन महर्जनलगायत रहेका छन् ।

राखेपका वरिष्ठ तेक्वान्दो प्रशिक्षक थापा २०४० सालदेखि तेक्वान्दोमा सक्रिय छन् । २० बर्षभन्दा बढि तेक्वान्दो राष्ट्रिय टिम प्रमुख भइ कार्य गरेको थापा कुकिवान छैटौं डान प्राप्त प्रशिक्षक हुन् । उनले साफ एसियन, वल्र्ड च्याम्पिसिपनमा टिम प्रशिक्षकका रुपमा कार्य गरेका छन् । नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दोमा नेपाललाई ऐतिहासिक सफलता दिलाउन थापाको अहम भूमिका थियो । उनी त्यसवेला राष्ट्रिय टीमका प्रशिक्षक थिए ।

मधुवन अन्तर्रा्ष्ट्रिय सेकेन्ड क्लास रेफ्री हुन् । ०४१ सालदेखि तेक्वान्दोमा सक्रिय रहेका मधुवनले २०१० मा अन्तर्रा्ष्ट्रिय सेकेण्ड क्लास रेफ्री बनेका थिए । कुकिवान छैटौं डान लिएका मधुवनले दक्षिण एसियाली गेम्स, एसियन च्याम्पिनसिपर वल्र्ड जुनियर तेक्वान्दो च्याम्प्यिनसि, युथ ओलम्पिक क्वालिफाइङ्गलगायत दर्जनौ असफिसिल खेलमा उत्कृष्ट निर्णायकको भूमिका खेलेका छन् । शाक्य र भोछिभोयाले खेलाडी उत्पादनमा उत्कृट भूमिका खेलेका छन् । संगीना बैद्य, दीपक विष्ट लगायत तेक्वान्दोका चर्चित खेलाडीलाई थापाले प्रशिक्षण दिएका थिए ।

थापा लगायतको टोलीलाई संघका संरक्षक परिषद् संयोजक सदस्य प्रदीप जोशी, संघका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्ष धु्रवबहादुर गुरुङ्ग, महासचिव राजकुमार कार्की, राखेपका कानुन शाखा प्रमुख नारायाणराज अर्याल, र शितकर राजराजभण्डारीले खादा लगाई संघमा स्वागत गरेका थिए ।

थापा जस्ता वरिष्ठ प्रशिक्षक राष्ट्रिय तेक्वान्दो संघ, नेपालमा प्रवेश गरेपछि संघका अध्यक्ष शिव कोइरालाले तेक्वान्दो खेलमा लामो समयदेखि रहेको सिन्डिकेट तोडिने बताएका छन् ।

कोइरालाले तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा रेफ्रीहरूलाई आफ्नो संघमा आवद्ध गराउने कायक्रमलाई सम्बोधन गर्दै भने, ‘तेक्वान्दोमा व्यक्तिगत स्वार्थका लागि विगत लामो समयदेखि सिन्डिकेट रहेका कारण खेलाडी, प्रशिक्षक र रेफ्री मारमा पर्दै आएको प्रस्ट पार्दै अव उक्त सिन्डिकेट तोड्न संघले विशेष भूमिका खेल्ने बताए । ‘सरकारले यातायातको सिन्डिकेट तोड्यो । हामी तेक्वान्दोको सिन्डिकेट तोड्छौं ।’