एसियाडको लागि कुस्ती छनोट बैशाखमा

एसियाडको लागि कुस्ती छनोट बैशाखमा


इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदका लागि कुस्ती खेलाडीको खुला छनोट प्रतियोगिता बैशाख १५ गते हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एकदिने छनोटको पुरुष/महिलामा समान ८–८ स्पर्धामा प्रतिस्पर्धा हुने कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाएका छन् ।

पुरुषमा ५७, ६१, ६५, ७०, ७४, ८६, ९७ र १२५ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४८, ५३, ५५, ५८, ६०, ६३, ६९ र ७५ केजीमा भिडन्त हुनेछ ।